पोखरा ४ मङ्सिर । हरिबोधनी एकादशी तथा तुलसी विवाह पर्वको अवसरमा नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिको संयोजनमा तुलसी विवाह तथा तोरण तार्ने कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको रामघाटस्थित सेतीनदीमा पोखरा तथा कास्की आसपासका जिल्लाबाट ठूलो संख्यामा आएका भक्तजनहरूले मङ्सिर ३ गते सोमबार स्नान, पूजाआजा, गंगाआरती र फूलको तोरण तार्ने कार्य गरेका थिए । उक्त तुल्सी विवाह महोत्सवलाई हषोर्ल्लास तथा व्यवस्थित रुपमा मनाउन यस धार्मिक क्षेत्र विकास समितिलगायत सामाजिक, संघ-संस्थाहरू र स्थानीय तहसमेतको सहभागिता थियो ।
सो अवसरमा रामघाट क्षेत्रको विकास तथा भौतिक संरचनाहरूको मर्मत सम्भारका लागि राखिएका दानपेटिकाहरूबाट रु. दुर्इ लाख ६६ हजार नौ सय ४० संकलन भएको छ । पोखरा महानगरपालिका वडा नं. ९ कार्यालयबाट ५० हजार सहयोग प्राप्त भएको थियो ।
प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले महोत्सवको सफलताको कामना गर्दै यस धार्मिक क्षेत्रको विकासमा वडा सधै सहयोग गर्न तत्पर रहेको बताए ।
उक्तअवसरमा महोत्सवका संयोजक एवम् संस्थाका उपाध्यक्ष बेदकुमार श्रेष्ठ, संस्थाका प्रमुख संरक्षक भक्तराज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामजीप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सचिव भावना श्रेष्ठले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९