हेमजा, ३ मंसिर। माछापुच्छे्र गाउँपालिका-७, धम्पुसमा ‘धम्पुस बचाउः धम्पुस बनाउ’ अभियान शुरु भएको छ।
धम्पुसको समृद्घि तथा गलत कार्यमा खबरदारी गर्ने उद्देश्यका साथ अभियान शुरु अभियान संयोजकमा राजेश गुरुङ, सचिवमा विष्णुबहादुर क्षेत्री रहेका छन्। रिक्त सदस्य पछि थप गरिने बताइएको छ। शनिवार स्थानीय बुद्घजिीवी, समाजसेवी तथा नागरिक अगुवाको भेलाले उक्त समिति चयन गरेको हो।
समितिले विकृति-विसंगतिविरुद्घ आवाज उठाउनुका साथै सार्वजनिक सम्पतिको संरक्षणका लागि पनि पहल गर्ने जनाएको छ।
समिति गठन हुनु पूर्व उक्त समितिकै केही सदस्यको पहलमा गत भदौ २९ गते सार्वजनिक जंगलबाट द्वारिका रिसोर्ट प्रालिको धम्पुसस्थित जग्गामा वडा र गाउँपालिकाले सडक खन्न दिएको अनुमति कात्तिक २५ गतेको वडा समितिको पूर्ण बैठकबाट फिर्ता लिन लगाइएको समिति सचिव क्षेत्रीले जानकारी दिए।सो अवसरमा स्थानीय गणेशमान गुरुङ, जगन गुरुङ, विश्व गुरुङ, धनबहादुर विक लगायतले अभियानको भावी कार्यक्रमबारे धारणा राखेका थिए।स्थानीय शुकबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम नारायण भण्डारीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०