पोखरा, १ मङ्सिर।पोखरामा देखिएको रगत अभावलाई ध्यानमा राख्दै आकस्मिक रक्तदाता समूह पोखराले आयोजना गरेको खुला रक्तदानमा एक सय तीन प्वाइन्ट रगत संकलन भएको छ।
रक्त सञ्चार केन्द्र पोखरामा दैनिक रुपमा ५० देखि ६० प्वाइन्ट रगत अभाव देखिएकाले शान्तिदीप अभियान पोखराले आवश्वता अनुसार रक्तदान कार्यलाई निरन्तरता दिँदै आएको व्यवस्थापक हरिश्चन्द्र शर्माले बताए।
कार्यक्रमको शुभारम्भ गर्दै रेडक्रस सोसाइटी कास्कीका उपसभभापति दण्डराज शर्माले अभियानले गरेको मानवीय कार्यले रक्तसञ्चार केन्द्रलाई महत्वपूर्ण सहोग पुगेको बताए।
पोखरा महानगरपालिका-३ का अध्यक्ष रविन्सन प्रजुले रक्तदान गर्दा आफ्नै स्वास्थ्यमा राम्रो हुने बताए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले रक्तदानको महत्व आम मिडियामा पुर्याउनुपर्ने बताए।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापाले युवा वर्गले रक्तदान गर्दा मानवीय सेवा र सहयोग हुने भएकाले युवा वर्गमा रक्तदानको महत्व बुझाउनुपर्ने बताए। कार्यक्रममा रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक धु्रवमणि लामिछाने, अर्जुन ज्ञवाली, अभियन्ता शम्भुलाल श्रेष्ठ, नेत्र ढकाल, न्तोष बस्यउाले रक्तदानकोमहत्वमाथि प्रकाश पारेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१