पोखरा, २८ कात्तिक। पोखरा महानगरपालिका वडा २५ स्थित हेमजा हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिले हेमजामा बुधबार निःशुल्क स्वास्थ्य शिविर गरेको छ।
कास्की सेवा हस्पिटलको प्राविधिक सहयोगमा आयोजित शिविरमा दुर्इ सय जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो।
शिविरमा हाडजोर्र्नी तथा नशा, पेट, मुटु छाती, बाल रोग, स्त्री तथा प्रसूतिसम्बन्धी रोगको उपचार गरिएको थियो।
शिविरमा डा पदमबहादुर खड्का, डा अभिशेक श्रेष्ठ, डा असिम सुवेदी, डा टीका गुरुङ, डा मुकुन्द तिमिल्सिना, डा सुरज आचार्य, डा बिमल बास्तोलाले स्वास्थ्य परीक्षण गराएका थिए।
यसअघि वडाध्यक्ष शोभाकर तिमिल्सिनाले शिविर उद्घाटन गर्दै वडामा स्वास्थ्यसम्बन्धी गतिविधिलाई प्रवर्द्वन गर्नका लागि सहयोग गर्न आग्रह गरे।
कास्की सेवा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिएको उल्लेख गरे।
हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलले हेमजा हस्पिटललाई सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताए।
हेमजा हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिका म्यानेजर गजेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा फर्मासिष्ट अमृत थापाले स्वागत र फर्मासिष्ट अमृता अधिकारीले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९