पोखरा, २७ कात्तिक । व्यावसायिक रुपमा हुने बाल यौनशोषणविरुद्व पोखरामा मंगलबारदेखि हस्ताक्षर संकलन अभियान शुरु भएको छ ।
शक्ति समूह पोखराले एक हजार एक सय बढी हस्ताक्षर संकलन गर्ने लक्ष्य सहित अभियान शुरु गरेको हो ।
संकलित हस्ताक्षर गण्डकी प्रदेश सरकारका मुख्य मन्त्रीलाई बुझाइने शक्ति समूह कास्कीकी संयोजक मीला श्रेष्ठले जानकारी दिइन् ।
विभिन्न स्थानमा सरोकारवालासँग कार्यक्रम गरी हस्ताक्षर संकलन गरिने उनको भनाइ छ ।
सो अभियानअन्तर्गत संकलित हस्ताक्षरले मनोरञ्जन क्षेत्रका विभिन्न व्यवसायमा कार्यरत कर्मचारीहरुको नियुक्ति तथा परिचयपत्र व्यवस्थापन, पर्यटन व्यवसायको आचारसंहितामा बालबालिकाको संरक्षणका लागि निम्ति व्यवस्था गरिएका नीति-नियम कार्यान्वयन र मनोरञ्जन क्षेत्रलाई व्यवस्थित गरी मर्यादित बनाउन सरोकारवाला र सरकारको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ । बुधबार होटल व्यवसायीसँग छलफल गरी अभियानबारे जानकारी दिने कार्यक्रम तय गरिएको छ ।
शक्ति समूहले पोखरामा व्यावसायिक यौनशोषण तथा श्रमशोषणमा परेका तथा जोखिममा रहेका महिला तथा बालबालिकाहरुको अधिकार सुनिश्चितताको लागि मंगलबार सरोकारवालाको भूमिका सम्बन्धमा समन्वय बैठक पनि गरेको छ ।
बैठकमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदमराज पहारी, इन्सेक पश्चिमाञ्चल प्रमुख शिव खकुरेल, नौलो घुम्ती नेपालका रामशरण सेर्ढाई, शक्ति समूह कास्कीकी पूर्व अध्यक्ष सुनिता दनुवार, सिविनका सुजाता कोइराला र पोखरा उद्योग वाणिज्य संघकी सरिता ताम्राकारले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०