पोखरा, २७ कात्तिक । मुस्ताङ बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका-३, छुसाङकी फुडोमा गुरुङको जीवनमा ठूलो बज्रपात पर्यो । जब उनले बुढेशकालको एकमात्र सहारा १६ वर्षीय छोरा तेञ्जिङ निमा गुरुङको दुवै मृगौला फेल भएको चिकित्सकबाट थाहा पाइन् ।
गाउँमै दुःखजेलो गर्दै छोरा हुर्काउँदै गरेकी उनको लागि ठूलो धनराशी खर्च गरेर उपचार गर्ने उपाय नै थिएन । अर्काको घरमा काम गर्दै छोरालाई भारत हिमाञ्चलस्थित एक तिवेतियन विद्यालयमा पढाउँदै थिइन् ।
“पाँच महिना भयो कक्षा ९ मा पढ्दै गरेको छोरा अहिले पोखरा आफन्तको घरमा राखेर डायलोसिस गराउँदैआएकी छु,” उनी भन्छिन्-“अब छोराको लागि आफ्नै किड्नी दिएर जीवन बचाउने सोचेकी छु ।” किडनी ट्रान्सप्लान्ट गर्न ठूलो धनराशी खर्च हुने भएपछि उनी यसअघि निकै हच्किएकी थिइन् । तर सहयोगका लागि गाउँले नै जुरुक्क उठे । अमेरिका, बेलायत, फ्रान्स, जापान, कोरिया लगायतबाट सहयोगको आइरो नै लाग्यो, उपचारका लागि करिब ६० लाख रुपैयाँ संकलन भयो ।
पोखरास्थित छुसाङ समाज मुस्ताङका कोषाध्यक्ष अशोक गुरुङ भन्छन्-“यस्तो किडनी फेल भएको हाम्रो गाउँको लागि नयाँ घटना हो, फेरि गरीब परिवार पनि भएकोले सबैको मन छोएको छ । यति ठूलो सहयोग रकम उठ्ला भन्ने कसैले नसोचेको उनको भनाइ छ । अमेरिकास्थित माथिल्लो मुस्ताङीहरुको संस्था मुस्ताङ किडुग संस्थाको पहलमै करिब ३३ लाख संकलन भएको हो । अमेरिकामा बस्ने नेपालीहरुले उनको उपचारका लागि खुलेर सहयोग गरेका छन् ।
तेञ्जिङको उपचारका लागि छुसाङ चारगाउँ समाज अमेरिका, मुस्ताङ एफसी प्रेसिडेन्ट अमेरिकाका दावा दोजो गुरुङ, हिमालयन याकका म्यानेजर बाबुराम गुरुङ, अमेरिकास्थित आङ देजेन शेर्पा, कर्मा गुरुङ, गिभिङ इज लभ तिवेतेन यूवर संस्था अमेरिका लगायत अन्य नेपाली सहयोगीबाट करिब ३३ लाख रकम उपचारका सहयोगार्थ खोलिएको मेगा बैंकको खातामा जम्मा गरिएको छ ।
प्राप्त रकम पोखरास्थित छुसाङ चार गाउँ समाजका अध्यक्ष श्यामलाल गुरुङ र कोषाध्यक्ष अशोक गुरुङले तेञ्जिङ र उनकी आमा फुडोमालाई संयुक्त हस्तान्तरण गरे । तेञ्जिङका लागि देशविदेशबाट सहयोग गर्ने सबैलाई आभार समेत व्यक्त गरे। तेञ्जिङको थप उपचारका लागि काठमाडौं पठाइने तयारी समेत भएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
विष्णुपादुका माविमा बस सेवा
डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
सुनास कास्कीको साधरणसभा
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
पोखरामा सुनिए कवि मञ्जुल
hero news full width
मुख्य समाचार
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०