काठमाडौँ, २५ कात्तिक।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि्रय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताए। फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका हुन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते पाँच्ाथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको सात बुँदे घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाई लाग्छ त्यो घोषणापत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान गर्यो ।’
यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरे। समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो । खासगरी किराँत धर्मवालम्बीहरूले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रूपमा समेत सम्मान गर्ने गर्छन् ।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९