कास्की आदर्श सेवा समाज युर्एइको रक्तदान

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७५
hemja blood donate photo

हेमजा,२५ कात्तिक ।कास्की आदर्श सेवा समाज युर्एइको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह-आयोजनामा आइतवार हेमजामा सम्पन्न रक्तदान कार्यक्रममा २७ युनिट रगत संकलन भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पूर्णप्रसाद तिमिल्सीनाले रेडक्रस निःस्वार्थ भावनाले काम गर्ने संस्था भएको औँल्याउँदै रक्तदान कार्यक्रम तथा रक्तदाताको प्रशंसा गरे।

अध्यक्ष तिमिल्सीनाले संस्थाको दोस्रो साधारणसभा शनिवार पुम्दीभुम्दीमा गरिएको जानकारी दिदैँ उक्त सभामार्फत संस्थाले कास्की लगानी बोर्ड गठन गर्ने, उत्पादनमुखी साना उद्योग स्थापना गर्ने तथा महिलालाई पुरुषसरह बनाउन सुरुमा २० जनालाई सार्वजनिक सवारी चालक बनाउने संकल्प लिएको जनाए।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रेडक्रस कास्कीका उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेलले ‘रक्तदान जीवनदानः जीवनदान महादान’ भएको चर्चा गर्दै रेडक्रसले रक्तदान कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे। नियमअनुसार रगत दान गरे कोही पनि कमजोर नहुने बरु उल्टै धेरै फाइदा हुने उनको तर्क थियो ।

सो अवसरमा संस्थाका सल्लाहकार पुष्पराज अधिकारीले संस्थाको उद्देश्य तथा रक्तदानको महत्वमाथि प्रकाश पारे।

संस्थाका अध्यक्ष केदार कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासचिव विकास अधिकारीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…
  • प्रभावकारी बन्दै ओएसटी कार्यक्रम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लागुऔषधको मौखिक प्रतिस्थापन उपचार (ओएसटी) पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याइएको छ । कम्युनिटी सपोर्ट ग्रुप…

hero news full width