बुटवल, २४ कात्तिक। प्रदेश ५ को स्थायी राजधानी र नामकरणका लागि सिफारिस गर्न गठित संसदीय समिति औपचारिकतामा सीमित भएपछि यो मुद्दा पेचिलो बन्दै गएको छ। मूल विषयमा छलफल नै नगरी समितिको ३ महिनाको समय त्यत्तिकै गुज्रेको छ।
प्रदेश सरकारले सो विषयमा खासै चासो नै नदिएको कतिपय प्रदेश सांसदहरुले गुनासो गर्न थालेका छन्। सहमति या त दुर्इतिहाई मतबाट विषयको छिनोफानो गर्नुपर्नेमा सरकार नै उदासीन रहेको उनीहरुको तर्क रहेको छ। गत साउन २४ गते ३ महिनाका लागि गठन भएको समितिले निर्धारित समयमा एउटा परिचयात्मक र एउटा सामान्य छलफलको बैठक बाहेक केही गर्न सकेन।
निर्धारित समयमा कुनै काम नगरेपछि स्थायी राजधानी र नामकरणको विषयलाई केही समय धकेल्न समिति गठन गरीएको हो कि भन्ने आशंका उठेको छ।
समितिले ३ महिनामा कार्यविधि बनाउन र संयोजक समेत तोक्न सकेन। समितिको संयोजक नै नभएकाले २ वटा बैठक ज्येष्ठ सदस्य सरस्वती गौतमको अध्यक्षतामा बसेका थिए। पहिलो बैठकमा सामान्य परिचयमात्रै भएको र दोश्रो बैठकमा प्रदेश सभा सचिवालले तयार गरेको समितिको कार्यविधिको मस्यौदामा सामान्य छलफल भएको थियो।
मुख्यमन्त्री शंकर पोखरेलको कार्य व्यस्तताले कार्यविधि सम्बन्धमा व्यापक छलफल हुन र पारित हुन नसकेको समितिका ज्येष्ठ सदस्य गौतमले जानकारी दिइन्।तीन महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामकरण प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने अधिकार पाएको समितिमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र रमा अर्याल, कपिलवस्तुका विष्णुप्रसाद पन्थी र सहर्षराम यादव अर्धाखाँचीका निर्मला क्षेत्री, कल्पना पाण्डे र चेतनारायण आचार्य, गुल्मीका दिनेश पन्थी, पाल्पाका वीरबहादुर राना र नारायणप्रसाद आचार्य, दाङका सरस्वती गौतम, प्यूठानका तारा जिसी, रोल्पाका दीपेन्द्रकुमार पुन, बर्दियाका दीपेश थारु र भुवनेश्वर चौधरी सदस्य थिए ।
Related News
सम्बन्धित समाचार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
हाम्रो यात्रा विब्प्याँटो छ
नियम बन्यो, नियत फेरिएन
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०