नेपाल संवत् ११३९ अवसरमा शुभकामना र्‍याली

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७५
DSC09338_Fotor

पोखरा, २४ कात्तिक। नेपाल संवत् ११३९ अवसरमा पोखरामा बिहीवार शुभकामना र्‍याली निकालियो।

नेवाः खल कास्कीको आयोजनामा भएको उक्त र्‍याली पोखरा-१ बगरबाट शुरु भई बागबजार, सिंहनाथ टोल, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल हुँदै नेवाः छे भवनमा पुगेको थियो।

विभिन्न जातजातिको सहभागिता रहेको सो र्‍यालीमा कुँडहर नेवाः कच खल प्रथम, नेपाल राष्ट्रिय खड्गी समाज द्वितीय र नेवाः मिस पुच तेसापट्टी नदीपुर तृतीय भई पुरस्कृत भएका थिए।

यस्तै, नेवाः खलः कास्कीको रजत महोत्सव अवसरमा कार्यालय परिसरभित्र निर्माण गरिएको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमाको अनावरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रतिमा अनावरण गरेका थिए।

त्यस अवसरमा प्रमुख अतिथि जिसीले नेपार समुदायले आफ्नो भाषा संरक्षणका लागि ध्यान दिन आग्रह गरे।

तमु धिं नेपालका अध्यक्ष कर्मा गुरुङले नेवार समुदाय जनजातिमध्ये अग्रस्थानमा रहेको बताइन्। नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तीथ श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव आनन्द श्रेष्ठले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…
  • केआइइसी वुनलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ । बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा…
  • भारतको चेन्नइमा तीज

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच…

hero news full width