श्रेयाको परिवारलाई महानगरको १ लाख

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
shreya_Fotor

पोखरा २७ असोज। पोखरा महानगरपालिकाले श्रेया बिकको परिवारलाई १ लाख रुपैयाँ राहत प्रदान गरेको छ ।

पोखरा २२, पुम्दीभुम्दी घरमै पुगेर श्रेयाकी आमा बेलकुमारी विकलाई महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, नेकपा सचेतक एवं वडा १९ का अध्यक्ष शोभामोहन पौडेल, काँग्रेस सचेतक एवं वडा ९ का अध्यक्ष रामराज लामिछानेले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् ।

महागनर प्रमुख जिसीले श्रेयाको हत्याले महानगर स्तब्ध भएको बताउँदै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिने बताए। क्रूर र अमानवीय हत्या गरिएकाले कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताए।

कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले श्रेयाको परिवारसँंग दुःखमा सहानुभुतिस्वरुप रकम सहयोग गरेको बताए।

कार्यक्रममा पोखरा २२ पुम्दीभुम्दी सृजनशील क्लब अध्यक्ष झम्कनाथ देवकोटाले परिवारलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरे ।

गत असोज ८ गते १० वर्षीया बालिका श्रेयाको छिमेकी कुसुम पौडेलले बलात्कार प्रयासपछि हत्या गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width