क्रिष्टलमा शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७५
Crystal_Fotor

पोखरा, २४ असोज। विजयादशमी अवसरमा क्रिष्टल इन्टरनेशनल मन्टेसरी किण्डरर्वर्ड ठाडोपसल लेकसाइडमा शुभकामना आदानप्रदान गरिएको छ।सो अवसरमा शैक्षिक तथा खेलकुदमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र अभिभावकका लागि अभिमुखीकरण गरिएको थियो। कार्यक्रममा उपेन्द्र अधिकारी र सुवास पौडेलले सहजीकरण गरेका थिए।

कार्यक्रममा विद्यार्थीले बनाएको चंगा प्रतियोगिता गरिएकोमा युकेजीकी सादिका श्रेष्ठ पहिलो, नर्सरीकी निर्वाणी पुन दोस्रो र एलकेजीकी इशाना कुँवर तेस्रो भए। त्यस्तै अभिभावकको चंगा प्रतियोगितामा शान्तिनगरचोकका जीवन ढुंगानाले बनाएको चंगा उत्कृष्ट भएको छ। कार्यक्रममा मन्टेसरीकी र्डाईरेक्टर रीना पौडेलले विद्यार्थीलाई समयानुकुल ज्ञान दिइने गरेको बताइन्।

आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले अभिभावकको व्यस्त दैनिकी सहज बनाउन मन्टेसरीले योगदान दिएको उल्लेख गरे।

क्रिष्टल इन्टरनेशनल मण्टेसरी किण्डरर्वर्डकी प्रिन्सिपल रेश्मी शर्माको अध्यक्षतामा भएको कार्यक्रम वीनित छन्त्याल र राजश्री पौडेलले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width