Worldlink ads

चीनको सहयोगमा शुक्रराजमा होस्टेल बन्ने

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५
sukra raj

पोखरा, २३ असोज। पोखरा २२, पुम्दीभुम्दीस्थित शुक्रराज माविमा चीन सरकारबाट प्राविधिक शिक्षा (पशु विज्ञान) विषयको लागि होस्टेल निर्माण हुने भएको छ।

विद्यालयमा ५ वर्षदेखि संचालन हुँदै आएको उक्त प्राविधिक शिक्षा होस्टेल अभावमा प्रभावकारी हुन नसकेको बेला सो सहयोगमा होस्टेल निर्माण हुने विद्यालय प्राचार्य नरनाथ बरालले जानकारी दिए ।

प्राविधिक शिक्षामा जोड दिँदै स्वरोजगार र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले चीन पोखरा महानगरपालिका मार्फत उक्त संरचना बनाउने भएको प्राचार्य बरालले जनाए।

जसअन्तर्गत विद्यालयमा दुर्इ सय क्षमताको सभाहल सहित दुर्इतले पक्की भवन निर्माण हुनेछ। १५ महिनाभित्र करिब २ करोड ५० लाख लागतमा चीनले सभाहल सहितको छात्र तथा छात्राको ३/३ कोठा, डाइनिङ रुम निर्माण गर्ने प्रअ बरालले बताए।

टाढाबाट विद्यार्थी आउनु पर्दा उनीहरुको पढाइस्तर सुधार हुन नसकेको र केहीले बीचमै छाड्ने समस्या हल गर्दै दिगो रुपमा संचालन गर्न आफूहरुले होस्टेल सहित कक्षा संचालनका सहयोग प्राप्त गरेकोमा विद्यालय परिवारले खुसी व्यक्त गरेको छ ।

प्रअ बरालले भने, ‘पशु विज्ञान महत्व धेरै भए पनि कोर्ष निकै कठिन भएकोले कक्षा ११ र १२ मा धेरैले अध्ययनक्रममा छाड्ने गरेका छन्,  अब होस्टेल संचालनबाट पढाइमा मात्र बढी केन्द्रित गर्न सके धेरै सुधार हुने हामीले अपेक्षा गरेका छौं।’

यसैबीच, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले होस्टेल शिलान्यास गर्दै विद्यालयको शैक्षिकसैँगै खेलकुद विकासमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए।

विद्यालयमा निर्माण हुँदै गरेको फुटबल मैदानमा आवश्यक सहयोग गर्ने मन्त्री विश्वकर्माले वचन दिए ।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चीनबाट प्राप्त भएको सहयोगलाई सही ढंगले सदुपयोग गर्न सके धेरै ठाउँबाट शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग उपलब्ध हुने बताए। पोखरा महानगरपालिकामा प्राविधिक शिक्षाको माग तीव्र भए पनि विभिन्न कारणले गर्दा विद्यार्थीको क्रेज घट्दै गएको पोखरा महानगरपालिका वडा २२ का वडाध्यक्ष मित्रलाल बरालले बताए।

नेकपा नेता तेजनारायण अधिकारीले देशमा प्राविधिक शिक्षाको माग रहेको बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका प्रदेश सांसद रामजी बरालको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

Related News

सम्बन्धित समाचार

    • विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको सामाजिक…
    • एक्यापसँग निरीह तल्ला सरकार

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा। कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाइदिन संघ सरकारसँग आग्रह गरेको छ । विकासमा साझेदारी…
    • पत्रकार नारदजस्तो तटस्थ र निर्भीक हुनुपर्छः बास्तोला

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      कपिलबस्तु । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकार नारदजस्तो हुन सक्नु पर्ने बताएका छन् । उनले स्वतन्त्र…
    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • नरभक्षी बाघ नियन्त्रणका लागि टोली परिचालन   

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी…

    hero news full width