लमजुङ, २३ असोज। न्यादी जलविद्युत् आयोजना र औषधि व्यवसायी संघ लमजुङको संयुक्त आयोजनामा आयोतिज निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै पाँच सय जना मानिस लाभान्वित भएका छन्।
मस्र्याङदी गाउँपालिका- ६ ठूलीवेशीमा भएको एकदिने सो शिविरमा ४ सय ९३ जनाले सेवा लिएको आयोजक न्यादी जलविद्युत् आयोजना जनसर्म्पर्क अधिकृत विजय गुरुङले बताए।
उनका अनुसार शिविरमा आँखा जाँच, दन्त सेवा, जनरल सेवा, स्त्री रोगसम्बन्धी उपचार गरिएको हो। वेशीशहर मोडल हस्पिटलका जनरल सर्जन डा दीपेन्द्र गुरुङ, आँखा विशेषज्ञ डा विजय रेग्मी, दीपिका युनिभर्सल डेन्टल होम वेशीशहरका डा राजीव काफ्ले, लमजुङ औषधि व्यवसायी संघ लमजुङका अध्यक्ष धनुदेवी पियाँ सहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए। विविध कारण रोग लुकाएर बसेका स्थानीयले गाउँमै शिविर आउँदा आफ्ना स्वास्थ्यसम्बन्धी समस्या खुलेर राखेको धनुदेवी पियाले बताइन्। गरीबी, भौगोलिक विकटता, यातायात असुविधाका कारण विभिन्न रोगले ग्रसीत स्थानीय गाउँमै निःशुल्क औषधि सहितको सेवा लिन पाउँदा निकै खुसी भएका हुन्।
गाउँमा नजिकै स्वास्थ्य संस्था समेत नभएको हुँदा स्थानीय सहज रूपमा स्वास्थ्य सेवा लिनबाट बञ्चीत भएकाले आयोजनाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको न्यादी जलविद्युत आयोजनाका प्रमुख उत्तम अमात्यले बताए।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१