Worldlink ads

माछापुच्छे्र महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५

हेमजा, २२ असोज। माछापुच्छे्र गुरासेँ भूमे युवा क्लब माछापुच्छे्र-१, टुसेको रजतजयन्ती अवसरमा असोज २४ देखि २८ गतेसम्म हुने माछापुच्छ्रे महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ।

‘मौलिक कला संस्कृति खेलकुद तथा कृषि पर्यटनको लागि’ उद्घोषका साथ फर्कौ हैं माछापुच्छ्रे महोत्सव गर्न लागिएको हो। महोत्सव उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने कार्यक्रम छ।

महोत्सव आकर्षणमा लोकदोहोरी कलाकारको प्रस्तुति, गाउँस्तरीय पुरुष, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, थ्रि-ए साइड फुटबल, खुला नृत्य, छेलो लगायत प्रतियोगिता, घरेलु हस्तकला तथा कृषि सामग्रीको प्रदर्शनी, सांस्कृतिक, सांगीतिक एवं हास्यव्यङ्ग्य कार्यक्रम, मौलिक झाँकी एवम लापोन्मुख लाखे नाच, होमस्टे प्रवर्द्धन तथा तातोपानी कुण्डको प्रचार रहेका छन्।

महोत्सवमा लोकदोहोरीतर्फ राजन गुरुङ, कुमार पुन, शंकर विरही गुरुङ, काजल गुरुङ, रमा राना, सोनी विसी, तुलसा क्षेत्री, परशुराम अधिकारी, प्रमिला लम्साल पौडेलको प्रस्तुति रहनेछ ।

पपतर्फ ओम गुरुङ, समीर थापा, सञ्जय कुँवर, डि-मोर्चा ब्याण्डको लाईभ कर्न्र्सट, हास्यमा दीपक थापा, नारायण पराजुली तथा नृत्यमा लुलुमा लिम्बु लगायत अन्य कलाकारको प्रस्तुति रहने मूल आयोजक समिति अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए।

महोत्सवमा खुला गाउँस्तरीय पुरुष भलिबल, खुल्ला क्लबस्तरीय महिला भलिबल, त्यस्तै भेटा्रन्स भलिबल, थ्रि ए साइड फुटबल, छेलो, पुरुष घैँटो फुटाइ, महिला म्यूजिकल चियर, बालबालिकाको भित्रीबाहिरी प्रतियोगितामा पनि थप आकर्षण रहेको जनाइएको छ।

महोत्सव अवसर पारी महादेवको तीन शिर देखिनेस्थल अवलोकन, सात प्रजातिका कालिज अवलोकन, स्थानीय जडीबुटी प्रदर्शनी पनि गरिने भएको छ।

Related News

सम्बन्धित समाचार

    • मिस तामाङ भर्चुअल हुने

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ग्रान्ड फिनाले भर्चुअल हुने भएको छ । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट…
    • खास्टे र न्यूरेनी ताल सफाइ

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      लेखनाथ । खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाले आफ्नो छैटौं स्थापना दिवस अवसरमा ताल वरपर सरसफाइ गरेको छ । तालको…
    • नेपाली सांकेतिक भाषा तालिम

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा र अन्नपूर्ण बहिरा संघको समन्वयमा ३० जना बहिरा अपांगता भएका व्यक्तिको लागि नेपाली सांकेतिक भाषा…
    • जन्मदिनमा प्रकाशको सहयोग

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । जन्मदिन अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपांगता भएका विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गरेका छन्…
    • शीतलादेवी–माटेपानी सामाजिक संस्था गठन

      आदर्श समाज सम्वाददाता माघ १०, २०७८
      पोखरा । पोखरा १२ को विकास तथा यहाँ रहेका विभिन्न सामाजिक संघ संस्थालाई सुझाव तथा सल्लाह दिने उद्देश्यले पुरानोधारादेखि गुम्बाफेदीसम्म…

    hero news full width