Worldlink ads

जोडीसहित जनप्रतिनिधि एकै ठाउँ

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५

पोखरा, २२ असोज । सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा सार्थकता दिने उद्देश्यअनुरुप पोखरामा पहिलो पटक गण्डकी प्रदेशका महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका प्रमुख-उपप्रमुख जोडीसहित एक सम्मेलनमा सहभागी थिए । पाँचतारे पोखरा होटल ग्राण्डमा आयोजित सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरी विकासको नमूना तथा पारिवारिक सम्बन्ध सुमधुर कसरी बनाउने भन्नेबारे चर्चा गरियो ।

सम्मेलनमा कानूनविज्ञ गोविन्द बन्दीले संविधान र नयाँ कानुनको कार्यान्वयनबारे बताए भने नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमूना अभ्यास गर्ने भन्नेबारे प्राडा चन्द्रमणि अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे। जनप्रतिनिधिको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एवं पारिवारिक सम्बन्ध सुमधुर कसरी बनाउने भन्नेबारे डा रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरे।

यस्ते, स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले शान्तिका लागि नगर प्रमुख अन्तर्राष्ट्रिय संगठन (आईएएमपी) स्थापना गर्ने विषयमा ऐक्यबद्धता जनाई घोषणपत्रसमेत जारी भयो । पोखरा महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ थिए । सम्मेलनमा मुख्यमन्त्री गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत,  प्रदेश सांसद राजीव पहारी, पुष्पा केसी, युपीएफ एशिया प्रशान्त क्षेत्रका उपाध्यक्ष डा लेक, पूर्व सांसद मिलनकुमारी राजवंशी, विश्वशान्ति तथा एकीकृत परिवार संघ अध्यक्ष सन्तोषकुमार पौडेल लगायत बोलेका थिए। सम्मेलन आयोजना संयुक्त राष्ट्र संघमा आवद्ध संस्था युनिर्भसल पीस फेडेरेसन (युपिएफ) र सांसदहरुको अन्तर्राष्ट्रिय मञ्च (आइएपीपी) ले संयुक्त रुपमा गरेका थिए।

आयोजक संस्थाका प्रदेश संयोजक प्रकाशबाबु थापाले सम्मेलन फलदायी भएको बताउँदै अहिलेको समय सापेक्ष स्थानीय तहका लागि आवश्यक समेत महसुस गरिएको जानकारी दिए।

Related News

सम्बन्धित समाचार

    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…
    • जुवाको खालबाट ८ जना पक्राउ

      रासस भाद्र ३०, २०७८
      चितवन । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ…
    • बाघको आक्रमणमा एकको मृत्यु

      रासस भाद्र २९, २०७८
      बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको…
    • मौसम खुले पनि सकिएको छैन मनसुन

      आदर्श समाज सम्वाददाता भाद्र २७, २०७८
      काठमाडौं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी…
    • सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

      रासस भाद्र २७, २०७८
      काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads