फलेवासमा लायन्सको आँखा शिविर

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७५
liions

पोखरा, १८ असोज। पर्वत फलेवास नगरपालिका वडा १ स्थित अन्नपूर्ण मावि कार्कीनेटामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

लायन्स क्लब अफ पोखरा सेतीगण्डकीले हिमालय आँखा अस्पतालको सहयोगमा शिविर गरेको हो। शिविरमा विद्यार्थी र अभिभावक गरी ६ सय ५० जना लाभान्वित भएका छन्। सोही कार्यक्रममा विद्यार्थीलाई स्टेशनरी सामग्री र झोला वितरण गर्नुको साथै विद्यालयलाई फर्निचर प्रदान गरिएको थियो।

स्थानीय ८२ वर्षीय भविसरा गुरुङको आँखा परीक्षण गरी शिविर उद्घाटन गरिएको थियो।

कार्यक्रम हिमालय आँखा अस्पतालका प्राविधिक टोली सुभाष नेपालको प्रमुख आतिथ्यमा भएको हो।

त्यस अवसरमा फलेवास नगरपालिका वडा १ का अध्यक्ष बाबुराम शर्माले पनि बोलेका थिए।

लायन्स पोखरा सेतीगण्डकीका अध्यक्ष दुर्गा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख पूर्णचन्द्र शर्माले स्वागत र लायन्स क्लबकी सचिव अम्बिका पराजुलीले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width