लामेआहालको महायज्ञमा सात लाख संकलन

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७५
maga yaga

लेखनाथ, १५ असोज। पोखरा महानगरपालिका वडा-३२, लामेआहाल श्यामघाटमा जारी माता पिता भक्ति तथा पितृपुराण ज्ञानमहायज्ञमा सहयोग गर्नेहरु दिनप्रतिदिन बढेका छन्।

महायज्ञको सातौं दिन सोमबारसम्म आईपुग्दा करिब सात लाख रुपैयाँ संकलन भइसकेको आर्थिक संयोजक शिवबहादुर थापाले जानकारी दिए।

सोह्र श्राद्ध अवसर पारेर असोज ९ देखि शुरु महायज्ञमा पितृको सम्झनामाा विभिन्न ठाउँबाट आउने भक्तजनले सोहृ श्राद्धको कर्म गर्न पाउने भएकाले पनि महायज्ञमा आकर्षण बढेको संयोजक विमला थापा बस्नेतको भनाइ छ।

यसैबीच, महायज्ञमा पोखरा-१७, घारीपाटन निवासी बाबुराम पन्थ परिवारबाट एक लाख ५१ हजार, पोखरा-३२, तल्लो गगनगौंडा निवासी भक्तबहादुर बस्नेत र उनी श्रीमती चीनुमाया बस्नेतबाट एक लाख एक हजार एक सय १५ एवं विभिन्न दानवीरबाट सानो-ठूलो सहयोग प्राप्त भएको प्रचारप्रसार संयोजक गणेशबहादुर केसीले जानकारी दिए।

कालिका मन्दिर निर्माणा तथा पर्यटन विकासमा सहयोेगार्थ आयोजना गरिएको महायज्ञ असोज २३ सम्म चल्नेछ। महायज्ञमा युवागुरु भागवत्रसिक ऋषिराम महाराजको मुखारविन्दबाट संगीतमय वातावरणमा झाँकी सहित प्रवचन हुने गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width