Worldlink ads

वडा नं ३२ बालबालिका विद्यालय भर्ना वडा

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७५

लेखनाथ, १४ असोज । पोखरा महानगरपालिका वडा नम्वर ३२ लाई सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ ।

पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले एक कार्यक्रमकाबीच वडाका ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरु विद्यालय भर्ना भएको घोषणा गरेकी हुन्।

वडाका ६ जना विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गरी विद्यालयबाहिर नरहेको घोषणा गरिएको हो । घोषणासभामा कार्यबाहक प्रमुख गुरुङले विद्यालय ६ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिन् ।

घोषणा कार्यक्रमपछि बोल्दै उप प्रमुख गुरुङ बालबालिकालाई विद्यालयमा भर्ना भएको घोषणा भन्दा उनीहरुलाई विद्यायमा टिकाउनु चुनौतीपूर्ण रहेको बताइन् । उनले भनिन्, ‘घोषणा ठूलो कुरा हैन्, यसको निरन्तरता चुनौतीपूर्ण छ । बालबालिकालाई विद्यालयमा टिकाउन सवैले जिम्मेवारी र दायित्व पुरा गर्नुपर्छ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न बालमैत्री कक्षाकोठा निर्माणमा जोड दिए । जनकल्याण सिकाई अध्ययन केन्द्रका अध्यक्ष टिकाराम पंगेनीले सिकाई केन्द्रले अनौपचारीक शिक्षामा ठूलो भुमिका खेलेको बताउदै बालबालिकालाई विद्यालयमा आउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।

वडा नम्वर ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोगन माध्यमिक विद्यालय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, ब्रहृमारुपा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गालाल पण्डित र विष्णुप्रसाद तिवारीलगायतले बालबालिकालाई विद्यालयमा टिकाउन सवैको सहयोग र साथ चाहिने बताए ।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग