स्याङ्जामा निर्मलाको न्याय माग्दै प्रदर्शन

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७५

स्याङ्जा, १४ असोज।कञ्चनपुरका १३ बषिर्या निर्मला पन्तको बलात्कारपछि हत्यालगायत समसामयिक घटनाका  बिरोधमा स्याङ्जामा बिद्यार्थीले प्रदशन गरेका छन् । स्वतन्त्र बिद्यार्थी यूनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाको आयोजनामा आइतवार बलात्कार, दण्डहीनता, महंगी, भाडा बृद्धि बिरुद्ध सदरमुकाममा प्रदशन गरेका  हुन ।

सदरमुकाम समेत रहेको पुतलीबजार नगरपालिका १ स्थित क्याम्पसबाट सुरु भएको बिरोध र्‍यालीले सदरमुकामका मुख्य बजार भिमसेनचोक, बैंकरोड, ठाडोलाइन, अभियानपथ, लोकतान्त्रिकचोक, वीपीचोक, चौकी, हुलाकमार्ग हुँदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै क्याक्पस प्रमुख अर्जुनबन्धु अर्यालले अमानवीय प्रकृतीका यस्ता घटनाको तत्काल समाधान नगर्दा बलात्कार र हत्या जस्ता हिंसात्मक घटना दिनप्रतिदिन बढ्दै गएको बताए । सरकारले तत्काल दोषी पत्ता लगाई कानूनी कठघरामा ल्याउनुपर्ने अर्यालले जोड दिए । स्वतन्त्र बिद्यार्थी यूनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाका सभापति सुनिलबाबु चापागाईले बहुमतप्राप्त सरकार, समावेशीका कुरा गर्ने सरकार कलिला नानीहरु दिनदहाडै निमोठिदा मौन बस्नु लाचारीपन रहेको आरोप लगाए । महिना दिनमा पटक पटक पेट्रोलियम पदार्थमा बृद्धि, यातायात भाडा दर र खाद्यपदार्थको बृद्धिले सबैभन्दा बढी बिद्यार्थी बर्ग प्रभावित बनेको उल्लेख गरे । कार्यक्रममा स्ववियू उपसभापति गौरब प्रधान, नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभापति बिज्ञान भण्डारी, बिद्यार्थी बर्षा खड्का, बिद्यार्थी नेता कुमार हिताङलगायतले दोषीलाई तत्काल पक्राउगरी कानूनी कठघरामा पुर्‍याउन र बढ्दो महंगी तत्काल घर्टाई नेपाली नागरिकलाई शान्तिसँग बाँच्न पाउने अधिकारको सुनिश्चिता गर्न आग्रह गरे।

Related News

सम्बन्धित समाचार

hero news full width