Worldlink ads

लेखनाथ सामुदायिक लायन्स अस्पतालको साधारण सभा

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७५

लेखनाथ, १३ असोज। प्रनिनिधिसभा सदस्य खगराज अधिकारीले सामुदायिक लायन्स अस्पताल, लेखनाथ रहेको जग्गा लालपुर्जा नहुँदा अस्पताललाई सोचे अनुरुप विकास गराउन नसकिएको स्पष्ट पारेका छन्।

अस्पतालको १५ औं साधारण सभा शनिवार उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेका अधिकारीले सो कुरा बताएका हुन्।

अस्पताल भएको जग्गा सार्वजनिक भएकाले राज्यको निकायबाट सहयोग गर्दा आफ्नै जग्गा हुनुपर्ने भएकाले जग्गाको लालपूर्जा बनेपछि ५० शैयाको अस्पताल बन्ने आश्वासन दिए।

आफू स्वास्थ्य मन्त्री हुँदा स्थानीय जनतालाई स्वास्थ्य सुविधा पुग्ने गरी जे जति काम भयो, त्यो अपुग भएको उल्लेख गर्दै उनले नजिकैको शिशुवा अस्पताल र सामुदायिक लायन्स अस्पताल एकीकरण गरी जनताको सेवा दिने खालका योजना लिएर अघि बढे सबैको कल्याण हुने बताए।

‘हामीहरु कसरी निरोगी बन्न सकिन्छ भन्नेबारे पहिले आहारविहारमा ध्यान पुर्‍याउँदै जानुपर्छ र डाक्टरबाट हुने सेवा प्रभावकारी तरिकाले अगाडि बढाउन देशको स्वास्थ्य नीतिले स्पष्ट भनेको छ, अब पहिलाको जस्तो बिरामीप्रति उत्तरदायी नहुने डाक्टरको कडा निगरानी हुन्छ,’ उनले भने।

गण्डकी प्रदेश विकास समितिका संयोजक दीपक कोइरालाले सुविधासम्पन्न अस्पताल बनाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापा, वडा ३० का अध्यक्ष श्रीराम पोखरेल, लायन्स अस्पतालका पूर्व अध्यक्ष चतुराखर अधिकारी, महिलाको प्रतिनिधित्व गर्दै सूर्यकमारी बञ्जरा लगायतले अस्पतालको विकासका लागि सामूहिक पहलको खाँचो रहेको बताए।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश भट्टराईले अस्पताललाई मातृशिशु सेवा र सानो सानो रोगको उपचार एवं महिला स्वास्थ सेवा प्रवाहतर्फ अगाडि बढाउनुपर्ने बताए।

कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष तथा वरिष्ठ रेडियोलोजिष्ट डा कालु शर्मा, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक बि १ नेपालका पूर्व अध्यक्ष ध्रुव थापा, हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा  इन्द्रमान महर्जन, लायन्स अस्पतालका कार्यालय प्रमुख केदार लामिछाने, आजीवन सदस्य रामकुमार कार्की, कपिल पोखरेल, हेमराज बराल लगायतलाई सम्मान गरिएको थियो। अस्पताल संचालक समिति अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव भरतप्रसाद तिवारीले गरेका थिए।

यस्तै, कोषाध्यक्ष सूर्यकुमारी बञ्जाराले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    Recent Posts

    भर्खरै

    trending post

    ट्रेन्डिङ्ग