Worldlink ads

घरायसी झगडामा श्रीमतीको हत्या

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५

पोखरा, ११ असोज । पोखरा-२२, पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै पोखरा-३२ मा एक महिलाको हत्या भएको छ। श्रीमान्-श्रीमतीको घरायसी झगडाले आखिर हत्याकाण्डकै रुप लिन पुगेको हो।

पोखरा-३२, खोलाको छेउस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ५२ वर्षीय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६१ वर्षीया श्रीमाया गुरुङको बुधबार राति हत्या गरेका हुन्।

श्रीमती हत्या गरेर भागेका यानबहादुरलाई प्रहरीले विहीबार बिहानै पक्राउ गरेको छ। उनलाई कास्की प्रहरीका असइ सन्तोष सुवेदी, भद्रकृष्ण पौडेल र प्रहरी नायब निरीक्षक विजय चापागाई सम्मिलित प्रहरी  टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङले श्रीमतीको हत्या गरेको स्वीकारेका छन्। अघिल्लो दिनमा नै सो घटना भए पनि भोलिपल्ट विहीबार थाहा पाएपछि कास्की प्रहरी प्रमुख ओम रानाको नेतृत्वमा टोली खटिएको थियो।

कसरी भयो घटना ?

यानबहादुर गुरुङ रक्सी खाएर बुधवार राति ९ बजे घर पुग्दा श्रीमतीले किन ढिलो आएको भनेर गाली गरिन्। दुवैबीच सामान्य भनाभन भयो।

रक्सीले टिल परेका यानबहादुरले रिसको झोंकमा नजिकै रहेको लोहोराले श्रीमतीको टाउकामा बजाए। त्यसपछि श्रीमती रन्थनिएर ढलिन्। यानबहादुरले लोटामा पानी ल्याएर श्रीमतीलाई खुवाए। तर उनी उठिनन्।

त्यसपश्चात् रातभरि श्रीमतीकै आडामा सुते। मरिसकेको थाहा पाएपछि यानबहादुर बिहान उठेर घरबाट भागे। छिमेकीलाई श्रीमती मारेको खबर साला (श्रीमतीको भाइ) लाई पुर्‍याइदिन आग्रह गरे।

उनी घरबाट निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थलमा पुग्यो। एसपी ओम राना सहितको टोली कुकुर लिएर घटनास्थलमा सर्च गर्न थाल्यो। त्यतिबेलासम्म पनि यानबहादुर घटनास्थल वरिपरि नै थिए तर कसैले नदेख्ने गरी लुकेर बसेका।

उनले प्रहरीको गतिविधि नजिकैबाट हेरिरहेका थिए। प्रहरीले केहीबेरपछि उनलाई कान्लामुनी खेतको कुनाबाट पक्राउ गर्न सफल भयो। यानबहादुरलाई कर्त्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग