Worldlink ads

टि्रपरमा टाइम कार्ड

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५
TIME CARD

पाल्पा, ११ असोज । जिल्लाका चुनढुंगा खानीमा चल्ने टि्रपरको अत्यधिक गतिले दुर्घटना बढेपछि गति नियन्त्रणको उपाय खोजिएको छ । राजमार्गहरुमा दुर्घटना बढेपछि टि्रपरलाई र्टाईम कार्डको व्यवस्था गरेर निश्चित समयभन्दा छिटो गन्तव्यमा पुग्न रोक लगाइएको छ ।

जिल्ला ट्राफिक प्रहरीको सक्रियतामा तानसेन-तम्घास खण्डको हार्थोकदेखि तानसेनहुँदै दोभानसम्म पुग्ने सयम निर्धारण गरिएको छ । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका स्थानीयहरुको चर्को दबाबपछि सिजी र सर्वोत्तम सिमेन्टको खानीबाट ढुवानी गर्ने टि्रपरहरुलाई र्टाईम कार्ड लागू गरेको हो ।

हार्थोकबाट दोभान ५० किलोमिटर दुरीको २ घण्टा ३० मिनेट समय राखिएको छ । प्रहरी चौकीमा कार्डमा समय लेखाउने र गन्तव्यमा पुगेपछि देखाउने व्यवस्था गरिएको छ । हाथोर्कमा लु२ख २२६६ नं का टि्रपरचालक रामकुमार लामालाई टाइम कार्ड दिएर समयको पालना गराउन थालिएको छ । कार्डमा उल्लेख गरिएको सयम ख्याल गरेर गति नियन्त्रण गर्ने चालक र प्रहरीलाई प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले निर्देशन दिँदै यसले जिल्लामा दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने बताए ।

जिल्लामा रैनादेवी छहरा, रिब्दीकोट, तिनाउ, माथागढी गाउँपालिमा रहेका चुनढुंगा खानीबाट दैनिक एक हजारभन्दा बढी टि्रपरले चुनढुंगा ओसारपसार गर्ने गरेका छन् । टाइमकार्ड अन्य स्थानका टि्रपरहरु र सार्वजनिक यातायातलाई समेत विस्तारै टाइम कार्ड लागू गर्ने योजना रहेको छ ।

यसबाट सवारी दुर्घटना न्यूनीकरणमा सहयोगी हुने बन्ने विश्वास प्रहरीले लिएर जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख डम्बर गिरीले बताए ।

टि्रपर व्यवसायी र चालकले पनि टाइम कार्ड लागू गर्ने प्रतिबद्धता जनाएका छन् । टि्रपर व्यवसायीलाई व्यवहारप्रति सकारात्मक हुन जरुरी रहेको र सबै खानीमा चल्ने टि्रपरमा लागू गर्न माग उनीहरुको रहेको छ । खानी क्षेत्रमै चुनढुंगा अन्दाजको भरमा बोक्ने हुँदा क्षमताभन्दा कम र बढी हुन सक्ने भएकाले धर्मकाँटा भए राम्रो हुने टि्रपर व्यवसायी अरविन्द्र पाण्डेले भनाइ छ ।

टाइम कार्डले तीव्रगतिलाई रोक्ने, दुर्घटना कमी ल्याउने, यात्रुलाई सहज हुने र टि्रपर व्यवसाय पनि मर्यादित र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…
    • जुवाको खालबाट ८ जना पक्राउ

      रासस भाद्र ३०, २०७८
      चितवन । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ…
    • बाघको आक्रमणमा एकको मृत्यु

      रासस भाद्र २९, २०७८
      बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको…
    • मौसम खुले पनि सकिएको छैन मनसुन

      आदर्श समाज सम्वाददाता भाद्र २७, २०७८
      काठमाडौं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी…
    • सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

      रासस भाद्र २७, २०७८
      काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads