शीतलादेवीमा ५ सय विद्यार्थीको आँखा जाँच

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५
sitaladevi

पोखरा, ११ असोज । पोखरा १२, शीतलादेवी माविमा आँखा शिविर कार्यक्रम सम्पन्न भयो ।

लायन्स क्लब अफ पोखरा डल्फिनद्वारा आयोजित शिविरमा करिब ५ सय जनाले आँखा परीक्षण गराए ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रामबहादुर कार्कीले उदाहरणीय कार्यको थालनी आफ्नै ठाउँबाट शुरु गरिएको बताए ।

शिविरका लागि मिराइ एजुकेसन कन्सल्टेन्सीको आर्थिक सहयोग गरेको थियो ।

विद्यालयलाई १ कार्टुन स्यानिटरी प्याड, डस्टविन, तथा फस्ट एड बक्स लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रम संयोजक तथा मिराइ एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक सुरेन्द्र बरालले विद्यार्थीको पढाइस्तर उकास्न आफूले सक्दो सहयोग गरिरहने बताए ।

उनले यस्तै कार्यक्रम अन्य २० वटा विद्यालयमा क्रमशः सञ्चालन गर्ने जानकारी दिए ।

क्लब अध्यक्ष उमेशचन्द्र देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव सन्तबहादुर लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width