पोखरा, १० असोज। कास्कीमा एकैपटक ६ वटा कृषिसम्बन्धी कार्यालय उद्घाटन गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले बुधबार संयुक्त कार्यालयको उद्घाटन गरेका हुन्।
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास मन्त्रालय मातहतको कृषि विकास निर्देशनालय, माटो तथा मल परीक्षण प्रयोगशाला, रेशम खेती विकास कार्यक्रम, बाली संरक्षण प्रयोगशाला, बीउ बिजन रेशम खेती प्रयोगशाला र कृषि व्यवसाय प्रबर्द्धन तथा सहयोग तालिम केन्द्र कार्यालय उद्घाटन गरिएको हो। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरणसँग जोड्नुपर्ने औंल्याए। उनले कृषि उत्पादनलाई सस्तोभन्दा सस्तोमा बिक्री गरेर प्रतिष्पर्धात्मक व्यवसाय गर्नुपर्नेमा जोड दिए। कृषि क्षेत्रमा मौलाएको बिचौलिया प्रवृत्ति अन्त्य गरेर छाड्ने उनको प्रतिबद्धता छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रदेशलाई कृषिमा कसरी आत्मनिर्भर बन्ने विषयमा प्रदेश सरकार लागेको औंल्याए। त्यसको लागि प्रदेश सरकार कार्यविधि बनाउनेतर्फ लागेको मन्त्री थापाले बताए। उनले प्रदेश सरकार साना र कृषिमा नयाँ व्यवसायलाई उत्थान गर्नेतर्फ लागेको उल्लेख गरे। कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले कृषिलाई निर्वाहमूखी मात्र नभई उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिए। उनले आयातमुखी कृषि व्यवसाय होइन, निर्यातमूखी कृषि व्यवसाय अपनाउन आग्रह गरे।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले नेपालमै गण्डकी प्रदेश सरकारले किसानको पहिचान खुल्ने किसान सूचीकृतसहितको कार्यविधि बनाएको जनाए। सचिव श्रेष्ठले यो कार्यविधिले साँचो व्यावसायिक किसान र झोले किसानको पहिचान खुल्ने उल्लेख गरे।
कृषि विकास निर्देशनालय कार्यालय प्रमुख बिमल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ कृषि प्रशासकीय अधिकृत कुलप्रसाद तिवारीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९