Worldlink ads

न्याय माग्दै आज र्‍याली

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५
IMG_1049

पोखरा, ९ असोज। ‘निर्मला पन्तको लागि न्याय’ माग गर्दै पोखरामा बुधबार र्‍याली निस्कने भएको छ। नारी जागरण अभियान, पोखराले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी गराएको हो।

सम्मेलनमा वितरित विज्ञप्तिमा ‘निर्मला प्रकरणमा भएको न्यायिक ढिलाइ कसैलाई स्वीकार्य नभएको र यस घटनाले सि·ो देशवासीलाई मर्माहत र त्रसित बनाइरहेको एवम् दोषीले उन्मुक्ति पाइरहेको र दण्डहीनता फैलिरहेको महसुस भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘न्यान दिन ढिलाइ गर्नु भनेको न्याय नपाउनुसरह हो’।

र्‍याली दिउँसो २ बजे मानवअधिकारचोकबाट महेन्द्रपुल, रानीपौवाहुँदै अमरसिंहचौरमा पुग्ने र डेढ घण्टा अनसन समेत बस्ने जनाइएको छ।

कार्यक्रम संयोजक जीता बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता शशी तुलाचनले धन्यवाद ज्ञापन तथा खीना गुरुङले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

    hero news full width