Worldlink ads

डुंगा दुर्घटनामा ज्यान गुमाउनेको सम्झना

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७५
dunga

लेखनाथ, २ असोज। बेगनासतालमा भदौ २३ मा ८ जनाको ज्यान जाने गरी भएको डुंगा दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा मंगलबार शोकसभा गरिएको छ।

दिवंगतको ११ औं दिनको पुण्य तिथिमा बेगनासताल डुंगा ब्यवासायी समितिले ताल किनारामा आयोजना गरेको शोक सभामा बोल्ने वक्ताले सावधानी नअनाउँदा भएको मानवीय क्षत्रि्रति दुःख ब्यक्त गर्दै आगामी दिनमा यात्रु सुरक्षाका लागि होशियारी अपनाउनु पर्ने सुझाव राखेका थिए।

इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगत बरालले तालमा जुनसुकै यात्रुले यात्रा गरे पनि त्यसको सुरक्षा दिन काम समितिको भएकाले डुंगा चढ्दा अपनाउनु पर्ने होशियारी ल्याफ ज्याकेट अनिवार्य गर्न समितिलाई कर्डाईका साथ निर्देशन दिए । उनले डुंगाको क्षमता, यात्रु संख्या, कुशल चालक लगायत डुंगाको अवस्थाबारे पनि ख्याल गरेरमात्र सेवा प्रवाह गर्नु पर्नेमा  जोड दिएका थिए।  पोखरा महानगरपालिकाका कानूनी अधिकृत राममणि अधिकारीले बेगनासतालको पर्यटन विकासमा डुंगा व्यवसायीहरुको ठूलो हात भएकाले समय अनुसार डुंगाको गुणस्तरलाई परिवर्तन गर्दै दुर्घटनालााई न्यूनीकरण गर्ने उपायबारे सचेत हुन आग्रह गरेका थिए।  समिति अध्यक्ष सोमराज कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा ३१ का वडासदस्य विष्णुबहादुर भुजेल, बेगनास युवा क्लबका अध्यक्ष रामवहादुर रानाभाट, बेगनासताल आमा समूहकी अध्यक्ष दुर्गा अधिकारी, परिवारको तर्फबाट सीताराम कँडेल र सचिव पुष्पराज पाण्डे लगायतले दिवंगत आत्मा चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए।

डुंगा दुर्घटनामा परी गैंडाकोटका रवि खनाल, उनका छोराहरु शंकर खनाल र शिव खनाल साथै प्राचीन पौडेल, रञ्जित गैहै, मनिषा बजगाई, कृष्णकुमारी बजगाई  र जमुना कँडेलको मृत्यु भएको हो। दुर्घटनापछि उद्धारक्रममा बेहोस भई तालमा खसेका कमल कँडेलको काठमाडौंमा उपचार भइरहेको छ।

Related News

सम्बन्धित समाचार

    • चुनाव हारेपछि रामराजको राजीनामा

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा, ११ असोज । नेपाली कांग्रेस पोखरा महानगरका तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले सो पदबाट राजीनामा दिएका छन्…
    • लुम्बिनी विकास बैंक र कुटी रिसोर्टबीच सम्झौता

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा, ११ असोज । लुम्बिनी विकास बैंक लि. ले पोखरा लेकसाइडस्थित कुटि रिसोर्ट प्रालिमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा…
    • शवदाह गृहको शिलालेख अनावरण

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      गगनगौंडा । पोखरा ३० गगनगौंडास्थित सतीघाटमा रहेको शवदाह गृहको आइतबार शिलालेख अनावरण गरिएको छ । स्थानीय चन्दादाता र सामुदायिक वनको…
    • सुइँखेतवासी ४० वर्षदेखि पानीको प्रतीक्षामा

      श्रीभद्र पौडेल असाेज ११, २०७८
      हेमजा । पोखरा–२५, सुइँखेतकी भगवती अधिकारी आइतबार बिहान निकै प्रशन्न देखिइन् । उनले गाउँको १ कार्यक्रममा सहभागी २० बढी अतिथिलाई…
    • सोलारको प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      लेखनाथ । कास्कीको रुपा गाउँपालिकास्थित नेपाल सोलार फार्म आयोजनाबाट उत्पादित ३३ केभी विद्युत प्रसारण लाइन बिस्तारमा पोखरा ३० र ३१…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads