सरसफाइमा जुट्यो सिर्द्धार्थ बुद्ध टोल

आदर्श समाज सम्वाददाता
असाेज १, २०७५
buddha tool

लेखनाथ, ३१ भदौ । संविधान दिवस अवसरमा पोखरा महानगरपालिका वडा २९ स्थित सिर्द्धार्थ बुद्ध टोल विकास संस्थाले सरसफाइ अभियान संचालन गरेको छ ।

हरेक महिना अन्तिम दिन नयाँ नयाँ काम गर्दै आएको संस्थाले सरसफाइबारे टोलवासीलाई सचेतना दिँदै गराउँदै आएकोमा आइतवार सो क्षेत्रअन्तर्गत पृथ्वीराजमार्ग दायाँ-बायाँ रहेको झाडी र फोहोर संकलन गरि नष्ट गरेको छ ।

संस्थाका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको नेतृत्वमा निस्किएको टोलीले भण्डारढिकलेखि खल्याड हँुदै नवज्योति आमा समूह भवन लगायत क्षेत्रसम्म सरसफाइ गरेको हो ।

कार्यक्रममा संस्थाकी सचिव चिनमाया गुरुङ, सैनिकवस्ती आमा समूहकी अध्यक्ष श्रीमाया गुरुङ र उपाध्यक्ष ह. दयाप्रसाद नेपालीले सरसफाइको महत्व र उपयोगिताबारेमा जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width