गगन टाटु र मालेपाटन विजयी

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७५

हेमजा, २४ भदौं ।ढिकुरपोखरीमा जारी तीजमेलाको प्रमुख आकर्षणका रुपमा रहेको खुल्ला नकआउट फुटवल प्रतियोगिता अर्न्तगत आइतवार दुर्इ खेल सम्पन्न भएका छन ।

आइतवार गगन टाटु र याग्दी युथ क्लव बीच भएको पहिलो खेलमा २-० गोलअन्तरले पछि पार्दै गगन टाटु बिजयी भएको छ।

गगन टाटुको जितका लागि खेलको दोस्रो हाफमा जर्सीनं. ९ का बिशाल थापामगर र जर्सीनं. १४ का सुमन गुरुङले १/१ गोल गरेका थिए ।सो गेममा गगन टाटुका सुमन गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै, मालेपाटन एफसी र हेमजा युनाइटेड बीचको दोस्रो खेलमा ५-० को फराकिलो गोलअन्तरले युनाईटेडलाई स्तब्ध पार्दै मालेपाटन एफसी बिजयी भएको छ । मालेपाटनको जीतका लागि जर्सीनं. १२ का विनोद गुरुङले हयाटि्रक गरेका थिए भने जर्सीनं. ८ का गोविद थापाले दुर्इ गोल चुमाएका थिए ।

प्रतियोगितामा मालेपाटनका विनोद गुरुङले म्यान अफ्दी म्याच पाएका थिए । सोमवारको पहिलो खेल आयोजक संजाल ए र फेवा क्लव पामे बीच विहान ११ बजे र दोस्रो खेल एपीएफ तथा श्रृङखला युवा क्लव भलाम बीच दिउँसो दुर्इबजे हुने आयोजक ढिकुरपोखरी युवा संजालका महासचिव दिल जिसीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width