पोखरा लर्नसमा सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७५

पोखरा, १२ भदौ । पोखरा लर्नस एकेडेमीमा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लिटिल स्टेप माविद्वारा आयोजित यु-१२ छात्रा हृयाण्डबल प्रतियोगितामा तृतीय हुन सफल लर्नसका विद्यार्थी तथा प्रशिक्षकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।

उनीहरुलाई विद्यालयका प्राचार्य विधान गौतमले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्। उनले विद्यार्थीहरुले राम्रो नतिजामा विद्यालयको साथ रहने बताए।

हृयाण्डबल प्रतियोगितामा सहभागी विद्यार्थी, प्रशिक्षक कृष्णप्रसाद लम्साल, विक्रम श्रेष्ठलाई सम्मान तथा पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक शिव सुनार परियारले जनाए।

Related News

सम्बन्धित समाचार

hero news full width