Worldlink ads

चिउली पार्चेको योग शिविर

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७५
chiuli

पोखरा, ९ भदौ । चिउली पार्चे समाजको आयोजना र दीर्घायू नेपालको सक्रियतामा ‘योग ध्यान तथा प्राकृतिक स्वास्थ्य शिविर’ सम्पन्न भएको छ ।

छ दिनसम्म चलेको शिविरमा बिहानको समय योग र दिउँसो प्राकृतिक स्वास्थ्यबारे प्रशिक्षण दिइएको थियो ।

प्राकृतिक चिकित्सक डा. लक्ष्मीकान्त पाण्डे सहित सहयोगी गायत्री पाण्डे  र मदन पाण्डेले योग ध्यान तथा प्रशिक्षण दिएका थिए।

उक्त शिविरमा समाजका २० वर्षदेखि ९० वर्षसम्मका पुरुष तथा महिला सहभागी थिए।

शिविर समापनमा प्रमुख अतिथि तमु धी“ नेपालकी अध्यक्ष कर्म तमुले योग शिविर कार्यक्रम अत्यन्तै राम्रो भएको र यसको नियमित साधनाले नयाँ  जीवन पाउन सक्ने बताइन् ।

आदिवासी जनजाति महासंघ पोखरा महानगर समन्वय परिषद्का अध्यक्ष एवं समाजसेवी जंगबहादुर गुरुङले भविष्यमा प्राकृतिक योग विधिबाट स्वास्थ्य रहन सकिने उल्लेख गर्दै उपचार विधिको निरन्तरता दिनुपर्ने सुझाव राखे । प्रशिक्षक डा पाण्डेले सिकाएको योग विधि सहभागीहरूले मनन गरेर स्वस्थ रहन सुझाव दिए । उनले शिविरमा सहभागीमध्ये उत्कृष्ट ५ जनालाई सम्मान गरे।

शिविरका व्यवस्थापक एवं सल्लाहकार कर्णेल कमानसिंह गुरुङले योगले आफ्नो स्वास्थ्यका लागि आफैले डाक्टर बन्नु पर्दछ भन्ने सिकाउन सहयोग गरेको बताए ।कार्यक्रममा महिला समिति अध्यक्ष पदम शोभा तमु, तमुधींका उपाध्यक्ष होमबहादुर गुरुङ, सु. जंगप्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

समाजका अध्यक्ष सु.रणबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बलबहादुर तमुले स्वागत  र सचिव डमरबहादुर गुरुङले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • पोखरा न्युरोडमा टेक् स्टुडियो

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा न्युरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक् स्टुडियो खुलेको छ । विद्युतीय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी…
    • रेडक्रस पोखरा ९ को पदस्थापन

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाको पदस्थापन तथा पहिलो बैठक शान्तिदर्शन पार्कमा शनिबार भएको छ । नेपाल रेडक्रस…
    • मिस तामाङ पोखरामा ट्यालेन्ट राउन्ड

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ट्यालेन्ट राउन्ड शनिबार भएको छ । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित प्रतियोगिताको ट्यालेन्ट…
    • पोखरा जेसिजमा तालिम

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । पोखरा जेसिजको वर्ष २०२२ का पदाधिकारीलाई जिम्मेवारीबोध गराउने उद्देश्यले शाखा पदाधिकारी तालिम सञ्चालन गरिएको छ । पोखरा जेसिजका…
    • ट्युव टायर मर्मत व्यवसायी एसोसिएसनमा चन्द्रेश्वर

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । ट्युव टायर मर्मत व्यवसायी एसोसिएसन कास्कीको १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट चन्द्रेश्वर बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय…

    hero news full width