चितवन, ७ भदौ । नयाँ ऐन लागू भएसँगै पुरुषले पनि महिलासरह सोझै अदालतमा मुद्दा दर्ता गर्न पाउने भएपछि ६ दिनमा ९ जना पुरुष सम्बन्ध विच्छेदका लागि अदालत पुगेका छन्। मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म ९ जना पुरुष र ६ जना महिलाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका हुन्।
अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्षमा ७ सय ७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ६ वटा मात्रै पुरुषको तर्फबाट परेका थिए। ती ६ वटा पनि स्थानीय तहमार्फत् आएका हुन्।
यस अघि पुरुषले सोझै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न नपाउने व्यवस्था रहेको पौडेलले बताए। स्थानीय तहमा निवेदन दिएपछि मिलापत्र हुन नसकेमा स्थानीय तहको सिफारिससहित अदालत जानुपर्ने झन्झटिलो व्यवस्था रहेको थियो।
जिल्ला अदालत चितवन बार एसोसिएसनका अध्यक्ष कमल पाठक नयाँ ऐनले पुरुषलाई पनि महिलासरह सोझै अदालत जाने बाटो खोलिदिएको बताउँछन्। यस अघिको मुलुकी ऐन बनाउँदा पुरुष महिलाबाट अन्यायमा पर्ने परिकल्पना नगरिएको पाठकले बताए। संविधानमा भएको समानताको हकको व्यवस्था अनुसार महिला र पुरुषलाई समान अधिकारको कानुन बनेसँगै महिला सरह पुरुष पनि सोझै अदालत जान पाउने भएपछि सम्बन्ध विच्छेदका लागि पुरुषहरु सोझै अदालत जान थालेको उनले बताए।
पश्चिमा संस्कृतिको सिको, वैदेशिक रोजगारी, शहरीया भड्किलो जीवनशैली, असमान विवाह, वाल विवाह लगायत कारण पछिल्लो समय महिलाबाट पुरुष पनि पीडित हुने गरेको बताउँदै पाठकले नयाँ ऐनले पीडित पुरुषलाई पनि सहज न्याय दिलाउने परिकल्पना गरेको बताए।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९