आगलागीबाट ७५ लाखको क्षति

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७५
fire

पोखरा, ४ भदौ। पोखराको न्यूरोडका ३ पसलमा आइतबार राति आगलागी हुँदा करिब ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

पदमबहादुर गुरुङको घरमा संचालित नव सन् स्टार टे्रर्डस, सुजल किराना पसल र फेसबुक फुड क्याफेमा रहेका मालसामान जलेर नष्ट हुदा करिब ७५ लाख मूल्य बरबरको धनमाल क्षति भएको संचालकको दावी छ।

नव सन स्टार ट्रेर्र्डसमा सोलारका सामानहरु मुनलाइट, चिम्नी, यूरोगार्ड तथा किचनका सामानहरु गरी करिब ४० लाख मूल्य बराबरको क्षति भएको ट्रेर्र्डसका संचालक नवीन श्रेष्ठले बताए।

सुजल किरानाका संचालक कोपिला नेपालीका अनुसार आगलागीबाट करिब ३० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ।

फेसबुक क्याफेमा करिब ५ लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ।

राति करिब २ बजेतिर विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

सो घटनाबारे अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र गुरुङले बताए। दमकल, प्रहरी, स्थानीयवासीको प्रयासमा करिब साढे १ घण्टाको प्रयासमा आगो निभाइएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width