Worldlink ads

नूरप्रसाद अदालत आएनन्, भदौ २४ लाई पेशी

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७५

चितवन, ४ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा अदालतले हाजिर हुन दिएको मिति सोमबार जाहेरवाला नूरप्रसाद अदालत आएनन्। चितवन जिल्ला अदालतले साउन २० गते नूरप्रसादलाई भदौ ४ गते अदालतमा झिकाउन आदेश गरेको थियो।

अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माकोर्र् इजलासले जाहेरवाला नूरप्रसाद अधिकारीलाई सो दिन झिकाउन आदेश गरेका थिए। अदालतको आदेशपछि नूरप्रसादको गोरखास्थित घरमा रीतपूर्वक मिति तामेली गरिएको अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेले बताए। उनका अनुसार तोकिएको मितिमा नूरप्रसाद अदालत हाजिर नभएपछि अदालतले सोमबार भदौ २४ गते आइतबारका लागि पेशी तोकेको छ।

तोकिएको पेशीका दिनबाट पुनः अदालती प्रक्रिया अनुसार नै मुद्दा अघि बढ्ने घिमिरेले बताए।

कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ मा प्रवेशिका परीक्षा दिएर पूर्र्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा हत्या भएको थियो।

माओवादी द्वन्द्वकालको यो मुद्दामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, काल्रि्रसाद अधिकारी, ‘भीमसेन’ भन्ने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाइ चितवन अदालतमा मुद्दा दायर भएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads