Worldlink ads

महिला आत्मनिर्भर बन्नुपर्छ : सांसद गुरुङ

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७५
mina

पोखरा, २ भदौ। गण्डकी प्रदेशका सांसद मीना गुरुङले महिला सक्षम हुनुपर्नेमा जोड दिएकी छन्। वरिष्ठ सौन्दर्यकर्मी समेत रहेकी सांसद गुरुङले अब कसैसँग पैसा माग्नुभन्दा स्वयं सक्षम भएर अरुलाई दिन सक्नुपर्ने बताइन्।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको शनिबार भएको मिस एण्ड मिसेस तीज-२०७५ उद्घाटन सत्रमा बोल्दै सांसद गुरुङले महिला अब व्यावसायिक हुँदै आत्मनिर्भर बन्न सुझाव दिइन्।

समाज परिवर्तनको लागि महिला एक हुनुपर्ने उनले बताइन्। सौन्दर्य क्षेत्रमा लागेका महिलाको शक्तिकरणको लागि युनियनले विगतदेखि विभिन्न कार्यक्रम गर्दै आएको सांसद गुरुङको भनाइ थियो।

युनियनका केन्द्रीय अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ब्रहृ्रकुमारी इश्वरीय विश्वविद्यालय पार्दीकी अप्सरा दिदी, पत्रकार महासंघ कास्कीका सहसचिव दीननाथ बराल, जिफन्टकी हीरु पुन, युनियनका महासचिव पवि गुरुङ लगायतले महिला अब स्वरोजगार बन्नुपर्ने बताए ।

सो अवसरमा संस्थाले युनियन पर्वतले सांसद गुरुङलाई सम्मान गरेको छ भने सांसद गुरुङले कुशल संगठनबाट केन्द्रिय महासचिव पवि गुरुङ, क्रियाशील सदस्यबाट नूर गुरुङ र उर्जाशील सदस्यबाट युनियन पर्वत अध्यक्ष कमला पौडेललाई सम्मान गरिन् ।

सो अवसरमा भएको मिस क्याटवाक उपाधि जेनिसा गुरुङ र मिसेस क्याट वाकको उपाधि सृजना लामाले हात पारे । उत्कृष्ट नृत्यमा हीरा भण्डारी घोषित भइन्।

कार्यक्रममा तीज अवसरमा युनियनले आफ्ना सदस्यलाई दर खुवाएको थियो। कार्यक्रमको प्रायोजन हङकङ व्युटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेश्नल स्पा एवं व्युटी कलेजले गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    • सहारा एकेडेमीको अक्षयकोषमा १५ लाख सहयोग

      आदर्श समाज सम्वाददाता माघ ५, २०७८
      पोखरा । सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषमा रकम संकलन भएको छ । अक्षयकोषका लागि क्लब र ओएभिएस…
    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ । वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…

    hero news full width