Worldlink ads

वर्षाबीच सरसफाइ अभियान

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७५
cleaning

पोखरा, २६ साउन । पोखरामा जारी बृहत् सफाइ अभियानअन्तर्गत ११५ औं हप्ताको श्रृंखला वीपीचोकदेखि पोखरा महानगरपालिका कार्यालयसम्म सम्पन्न भएको छ ।

वर्षाको कुनै परवाह नगरी बृहत् जनचेतनामूलक प्रभातफेरी सहित शनिबार सो अभियान सम्पन्न भएको हेा । कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।

‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्घोषका साथ संचालित सो अभियानमा सो श्रृंखलादेखि गण्डकी विकास बैंकले समेत ऐक्यबद्धता जनाएको छ ।

बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रदेश सांसद बिन्दुकुमार थापाले अभियानको उच्च प्रशंसा गर्दै अभियानको निरन्तरताको कामना गरे । उनले बैंकको तर्फबाट राष्ट्रिय झण्डा ५ थान, कोरेसो १५ थान, हाते कैची ५ थान, सिकेचर ५ थान, सेफ्टी ग्लोब १ सय जोर, गमबुट २० जोर अभियानका स्वयंसेवकलाई हस्तान्तरण गरेका थिए ।

यसपटकको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, अभियान महिला समूह, माछापुच्छे्र महिला क्लब, ड्यामसाइड टोल विकास संस्था, मितेरी नारी समूह, दरबारथोक योग समूह, हाम्रो क्रिउ स्काउट समूह, खहरे आमा समूह, फिस्टेल नर्सिङ क्याम्पस, युथ नर्स संजाल, युनाइटेड युथ पोखरा, चण्डिका आमा समूह, संगममार्ग टोल विकास संस्था लगायतले ऐक्यबद्धता जनाए ।

यस्तै, लायन्स क्लब अफ पोखरा भृकुटी, एसओएस स्काउट समूह, राष्ट्रिय सम्पदा संरक्षण समिति नेपाल, जिल्ला खेलकुद विकास समिति, टाइगर फिजिकल टे्रनिङ सेन्टर, सम्राट गोर्खा फिजिकल टे्रनिङ सेन्टर, महेन्द्रपुल महिला जागरण समूह, अर्बुद रोग निवारण संस्था, पोखरा बहुमुखी क्याम्पस, महेन्द्र मावि नयाँबजार, न्यूरोड टोल सुधार समिति, बालप्रभात मावि न्यूरोड, वातावरणीय सुन्दर प्रालि नेपाल, स्थानीय स्थानीय आमा समूह, टोल विकास संस्था लगायत जनप्रतिनिधि र वडाबासीको उल्लेख्य उपस्थिति रहेको अभियान संयोजक रामबहादुर पौडेलले बताएका छन् ।

कार्यक्रममा  पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए । महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धन्यवाद ज्ञापन गरेका थिए ।

आगामी शनिबार ११६ हप्ताको सफाइ अभियान फेवाताल किनार बसुन्धरा पार्कमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

    • पोखरा बहुमुखीको वार्षिकोत्सव

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ३५ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत आइतबार भएको…
    • माघ १३ देखि लेखनाथ महोत्सव हुने

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी…
    • जेसिजको प्रशिक्षक प्रशिक्षण सुरु

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      लमजुङ । जेसिजको तीनदिने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण यहाँ सुरु भएको छ । प्रशिक्षणमा मुलुकका विभिन्न जिल्लाबाट ५१ जना सहभागी भएका…
    • गोपाल सेवा केन्द्रको सभा

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । गोपाल सेवा केन्द्र जगतगुरु आश्रम पोखरा १८ लक्ष्मीधाराको सातौ वार्षिक साधारण सभा शनिबार भएको छ । सभाको जलस्रोत…
    • गीता शान्तिमार्ग महिला समूहमा शान्ति

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । पोखरा १०, रामघाटस्थित गीताशान्ति मार्ग महिला समूहको १० आंै साधारण सभा तथा पाँचौं अधिवेशनबाट शान्ति सुवेदी अध्यक्षमा चयन…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग