पोखरा, १९ साउन । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले नेपाल प्रहरीको जनमुखी प्रहरी अभियानमा सामुदायिक प्रहरी सेवाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम पोखराको शनिबार १७ औ वाषिर्क साधारण सभा तथा नवौं अधिवेशन उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले नेपाल प्रहरीसँगै हातेमालो गर्दै समाजका विकृति-विसंगति निराकरण गर्ने उद्देश्यका साथ स्थापना भएका यस्ता केन्द्र र प्रहरीबीच सम्बन्ध सुमधुर हुनुपर्नेमा पनि दिए ।
बोहराले सामुदायिक प्रहरी समुदायकै लागि भएकाले यसलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा केन्द्रका सामाजिक एवं संस्थागत विकासमा योगदान पुर्याउने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो। उद्घाटन समारोहमा वडाध्यक्षतर्फबाट पोखरा ६ का जगतबहादुर पहारी, नेकपा वडा ६ का अध्यक्ष भीमसेन भुजेल, नेपाली काँग्रेस वडा इकाइ सचिव शिशिर पहारी, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष विष्णु भट्टराई, बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, राष्ट्रिय महिला पर्यटन व्यवसायी संघका अध्यक्ष लक्की कार्की, समाजसेवी देवका पहारी, पोखरा उपत्यका बृहत् सरसफाइ अभियान संयोजक रामबहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्की, विभिन्न वडा कार्यालयका वडा अध्यक्ष तथा जनप्रतिनिधि, विभिन्न आमा समूह, नागरिक समाज, विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधि, प्रहरी, कर्मचारी, पत्रकार लगायतको उपस्थिति थियो। केन्द्रका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको समारोहमा सचिव चेतनारायण पाण्डेले कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए। केन्द्र उपाध्यक्ष मीना भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।यसैबीच, अधिवेशनले मीना भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१