काठमाडौं, १६ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा नेपाली काँग्रेसका सांसदले प्रक्रियामा जान नमानेपछि संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन बनेको छ ।
सहमति जुट्न नसकेपछि मतदानमा गएर नाम अनुमोदन गर्ने वा नगर्ने निष्कर्ष निकाल्नका लागि प्रक्रियामा जानुपर्ने संवैधानिक व्यवस्था भएपनि काँग्रेसका सांसदले त्यसमा जान नमानेपछि समितिको बुधबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा समितिका सदस्य योगेश भट्टराईले भने, ‘सहमतिका लागि प्रयास गरियो, नभएपछि प्रक्रियामा मतदानबाट जाऔँभन्दा काँगे्रसका सांसदले मान्नुभएन ।’
प्रक्रियामा जान खोज्दा काँग्रेस सांसदले आफूहरूलाई छलफलका लागि थप समय माग गरेपछि शुक्रबारका लागि बैठक सरेको उनले जानकारी दिए । प्रक्रियामा गएर नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने नेकपा सांसदको तयारी छ भने सहमतिमै गएर निष्कर्ष निकाल्नुपर्ने काँग्रेस सांसदको भनाइ छ ।
प्रक्रियामा गए बैठक नै बहिष्कार गर्ने काँग्रेस सांसदको अडानले समितिको बुधबारको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।
काँग्रेस सांसद तथा समितिका सदस्य भीमसेनदास प्रधानले सहमतिका लागि प्रयास गर्दागर्दै थप छलफल गर्नका लागि समय आवश्यक भएको हुँदा निर्णय हुन नसकेको जानकारी दिए । उनले भने, ‘बैठकमा सहमतिकै लागि प्रयास भयो, मिलाउन खोज्दाखोज्दै पनि बैठकमा यो विषय औपचारिकरूपमा प्रवेश नै पाएन ।’
बैठकले सहमतिबाटै निष्कर्ष निकाल्ने प्रयास गर्यो, समितिका संयोजक लक्ष्मणलाल कर्णे भने, ‘सहमतिमा वा प्रक्रियामा गए पनि सर्वसम्मत गरौँ भन्नेमा जोड छ, सहमति नभए नियमावलीले दिएको प्रक्रियाअनुसार शुक्रबार निर्णय हुन्छ ।’
समितिले यही साउन १० गते प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ गरेको थियो ।
बुधबारसम्म चारपटक समितिको बैठक बस्यो तर जोशीको नाम अनुमोदन गर्ने वा नगर्नेमा भन्ने निर्णय लिन सकिएको छैन । अपराह्न ३:३० बजेका लागि बोलाइएको समितिको बैठक ६ बजेर ५ मिनेटमा शुरु भएको थियो । शुक्रबारको बैठकमा पनि सहमति नभए प्रक्रियाबाट टुंगो लगाउने समितिका संयोजक कर्णे बताए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१