रामानन्द स्वामीको स्मृतिमा कवि सम्मेलनको तयारी

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७५

पोखरा, १६ साउन।ब्रह्मलीन स्वामी डा. रामानन्द गिरीको स्मृतिमा कवि सम्मेलन हुने भएको छ।

पुरुन्चौरको काउरेस्थित अम्बरेश्वर सन्यास आश्रममा यही साउन १९ गते शनिवार सम्मेलन गर्ने तयारी भइरहेको आश्रम व्यवस्थापन समितिका सचिव नारायण अधिकारीले जानकारी दिए।सो आश्रमका पीठाधीशसमेत रहेका डा. गिरी २०७४ असार २४ गते गुरु पूणिर्माका दिन ब्रह्मलीन भएका थिए।

महेश सन्यास आश्रम एवम् महेश संस्कृत गुरुकुल आश्रम देवघाटका संस्थापक डा. रामानन्द गिरीको प्रथम स्मृति महोत्सवका साथै आश्रमकै रजत वर्षको सर्न्दर्भमा पनि यस वर्ष विविध कार्यक्रमको आयोजना गरिएको ब्रह्मलीन स्वामी डा. गिरीका उत्तराधिकारी स्वामी रमणानन्द गिरीले बताए।

अम्बरेश्वर आश्रममा शनिवार हुने कवि सम्मेलनमा पोखरा, काठमाडौं, तनहुँ, चितनवलगायतका क्षेत्रबाट साहित्यकारको सहभागिता रहने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width