सार्वजनिक जग्गामा नेकपाको ब्यानर

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७५
38028690_687028954963744_656911262193549312_n

पोखरा, १५ साउन। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले पोखरा न्यूरोडस्थित सार्वजनिक जग्गा व्यक्तिले हडप्न लागेको भन्दै राष्ट्रियकरण गर्न माग गरेको छ। सो पार्टीले मंगलबार पार्टीको कालो व्यानर राखेर त्यस्तो माग गरेको हो। राज्यको सम्पत्ति संरक्षण अभियान अन्तर्गत त्यसो गरिएको पार्टीको पर्चामा उल्लेख छ।

पार्टीका तयार पारिएको पर्चामा सो जग्गा खरिद बिक्री नगर्न, बैंकमा धितो नराख्न एवं भाडामा लिने काम नगर्न अपील गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width