Worldlink ads

भरतपुरमा प्रहरी र तीनपाङ्ग्रे चालकबीच झडप

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७५

चितवन, ९ साउन । भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि बुधबार दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ।

सो क्रममा अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार तीनपाङ्ग्रेका चालकले जिल्ला प्रशासन चोकमा रहेको प्रहरी बिट जलाउने प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले १० राउण्ड हवाईफाएर र अश्रुग्यास प्रहार गरेको बताए।

सो क्रममा आन्दोलनकारीले ना१६प ९४०७ नम्बरको मोटरसाइकल जलाउनुका साथै प्रहरीमाथि ढुंगामुढासमेत गरेको उनले बताए। झडपका क्रममा तीनजना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएको र केहीलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ।

दिउँसो १२ बजेबाट तीनपाङ्ग्रे सवारीका चालकले सडकमा सवारी राखेर चक्काजाम गरेका थिए। प्रहरीले सडक सञ्चालन गर्न खोजेपछि विवाद बढ्दै गएर झडप भएको हो। भरतपुर महानगरले पूर्व-पश्चिम लोकमार्ग, वाइपास रोड र नारायणगढ-मुग्लिन सडकमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ।

तीनपाङ्ग्रे चालकले ती मुख्य सडकमा पनि चलाउन पाउनुपर्ने माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads