सांसद मीनाको आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७५
mina di asram

पोखरा, ८ साउन । प्रदेशसभा सदस्य मीना गुरुङले मानवसेवा आश्रम, पोखरालाई आर्थिक सहयोग गरेकी छन्।

छोरा प्रजित गुरुङको ३६ औं जन्मदिन अवसर पारेर उनले मंगलबार आश्रमलाई ३६ हजारको चेक हस्तान्तरण गरेकी हुन्।

हालै स्थापित डीकेडिएस फाउन्डेशनकी संरक्षक समेत रहेकी सांसद गुरुङले असहाय व्यक्तिलाई सेवा गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् ।

उनले भनिन्, ‘विश्वका धेरै मुलुक गरीबी र भोकमरिबाट गुज्रिरहेको अवस्था छ, वर्गीय विभेद र भोकमरीको समस्या समेत थपिएको हुँदा सबैले सकेजति सहयोग गर्नुपर्छ।’

वृद्धवृद्धा, अपा·ता भएका व्यक्ति र असहायको रक्षाका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव राख्ने समेत उनले सो क्रममा बताइन् ।

मानवसेवा आश्रमका संचालक होमनाथ तिमिल्सिनाले सडकपेटीमा समेत बस्न नसक्ने अवस्थालाई जीवन जीउन सबैको सहयोगको खाँचो रहेको बताए।

हाल आश्रममा वृद्धवृद्धा, अपांगता भएका तथा असहाय व्यक्ति गरी ४५ आश्रति छन्।

वरिष्ठ सौर्न्दर्यकर्मी, संचारकर्मी तथा समाजसेवीको परिचय समेत बनाएकी सांसद गुरुङ हङकङ व्युटी इन्स्टिच्युट, पोखराकी संचालक समेत हुन् । उनले सांसद भत्तावापत प्राप्त रकम सामाजिक सेवामा खर्चिने यसअघि उद्घोष गरिसकेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width