Worldlink ads

केसीका समर्थन र प्रहरीबीच कर्णालीमा झडप

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७५

पोखरा, ३ साउन । जुम्लामा अनसनरत प्राडा गोविन्द केसीलाई उनको इच्छाविपरीत उपचारका नाममा जबर्जस्त काठमाडौं लगिएको छ ।

जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्राडा केसीलाई सरकारले विहीबार काठमाडौं लगेको हो ।

बीस दिनदेखि अनशनरत प्राडा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६:४५ मा काठमाडौँ लगिएको हो ।

टुँडिखेलमा अवतरण गराइएलगत्तै प्राडा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको नाक, कान घाँटी कक्षमा राखिएको छ ।

केसीलाई काठमाडौँ ल्याउन खोज्दा कर्णाली प्रतिष्ठान अस्पतालभित्र झडप हुँदा १ प्रहरी गम्भीर घाइते हुनाका साथै १० भन्दा बढी घाइते भएका छन् ।

यसैबीच, गृहमन्त्रालयले आमरण अनशनरत प्राडा गोविन्द केसीका मागका सम्बन्धमा सम्बन्धित निकायबाट विधिपूर्वक समाधान हुने भन्दै शान्तिकायम राख्न आ-आफ्नो स्थानबाट संयमित रही भूमिका निर्वाह गर्न अपील गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी प्रतिष्ठानमा अनशनरत प्राडा केसीलाई काठमाडौँ ल्याउने क्रममा त्यहाँका विद्यार्थी र कर्मचारी लगायतबाट सुरक्षाकर्मीमाथि हुलहुज्जत गरी प्रतिष्ठानको माथिल्लो तलाबाट सिसा, कुर्चीलगायत अस्पतालभित्रका सामग्रीले प्रहार गरेको जनाएको छ ।

उता, नेपाली काँग्रेसले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा सुधारका लागि कांग्रेसको सरकारले जारी गरेको अध्यादेशभन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नुले स्थिति जटिल बन्दै गएको उल्लेख गरी संसद् बैठक आठ दिन पर सारिएको विषयलाई गम्भीर रुपमा लिइएको जनाएका छन् ।

यसैगरी, प्राडा केसीको उपचार निहुँमा सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा गरेको ब्यापक तोडफोड तथा त्यहाँका डाक्टर, विद्यार्थीमाथि गरेको दमनप्रति नागरिक समाज पोखरा र राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । नागरिक समाजतर्फबाट प्रवक्ता ठाकुरप्रसाद बराल र सम्पदा तथा जनअधिकार संरक्षण समितितर्फबाट महासचिव सुनिल पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सरकारबाटै तोडफोड हुनु दुःखत भएको उल्लेख छ ।

यस्तै, केसीको सत्याग्रहलाई समर्थनका नाममा देशभरका अस्पतालमा आन्दोलनरत डाक्टरस्र्ाई स्वाथ सेवा बन्द नगर्न समेत आग्रह गरिएको छ । देश र जनताको भलो चाहने सपूतलाई बारम्बार गिरफ्तार, धरपकट गरिनु सबै स्वाभिमानी देशभक्तको अपमान हो भन्दै यस्ता घटना भविष्यमा नदोहोर्‍याउन र  तत्काल माग सुनुवाइको लागि सम्बद्ध पक्षसँग माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग