वैदेशिक रोजगार शाखा संरक्षण संघमा शाही

Avatar आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७५

पोखरा, ३ साउन। वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीको अध्यक्षमा दिनेश शाही निर्वाचित भएका छन्।

संघको पोखरामा विहीवार सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनले शाहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।

समितिको उपाध्यक्षमा सोवित बिक, सचिव सा मोहम्मद मियाँ, सहसचिव नरबहादुर भुजेल, कोषाध्यक्ष सुदन सुवेदी र सदस्य सुजन श्रेष्ठ, रवि घिमिरे, मोहम्मद गोफुर मियाँ र अरमान अली छन्।  प्रमुख अतिथि श्रम कार्यलय प्रमुख भरतराज काफ्लेले साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै छिट्टै पोखराबाट श्रम स्ृत हुने प्रक्रिया अगाडि बढेको बताए। प्रादेशिक सामाजिक विकास मन्त्रालय मातहतको श्रम कार्यालयबाट नै श्रम स्वीकृत गर्ने प्रक्रिया आफूले बढाएको काफ्लेले बताए।

काफ्लेले वैदेशिक पढ्न पठाउने नाममा कन्सल्ट्यान्सी लगायत म्यानपावर कम्पनीबाट नागरिकहरु बढी पीडित बनेको उल्लेख गरे। त्यस्ता म्यानपावर र कन्सल्ट्यान्सीहरु पोखरामा धेरै रहेको काफ्ले बताए। वैदेशिक रोजगार दिने नाममा गैरकानूनी कार्यमा लागेकाविरुद्ध श्रम कार्यलयमा सूचना दिन उनले आग्रह गरे।

प्रशासकीय सल्लाहकार रामजीप्रसाद कोइरालाले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित हुनुपर्नेमा जोड दिए। कार्यक्रममा पूर्व अध्यक्षहरु फणिन्द्र बराल, खेमराज बराल, पिपुल फोरमका अधिवक्ता दीपेन्द्र अर्याल, मेडिकल व्यवसायीहरु ढाकाराम लामिछाने, प्रवेश उप्रेती अनुगमन समितिका संयोजक दिनेश शाही र वैदेशिक रोजगारी व्यवसायी विष्णु थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए।  कार्यक्रममा संघका निवर्तमान सचिव जगतमोहन गिरी, कोषाध्यक्ष याम बराल, कार्यसमिति सदस्य सुदन सुवेदी, नारायणप्रसाद पोखरेल र कार्यलय सचिव दक्षिणा गिरीलाई सम्मान गरिएको थियो।

संघका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सहसचिव देवेन्द सुवेदीले स्वागत मन्तव्य र निवर्तमान सचिव जगतमोहन गिरीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

Comments on वैदेशिक रोजगार शाखा संरक्षण संघमा शाही

अन्य समाचार

दुर्घटनामा ६५ विद्यार्थी घाइते

भक्तपुर, ३ साउन । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस विहीवार अपराहृन मध्यपुरथिमि-९ नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र २४ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये बसका सहचालक २८ वर्षीय अनिल थापाको नागरिक अस्पतालमा उपचार हुन नसकेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा पठाएको छ । थापाको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  अर्का गम्भीर घाइते चार वर्षीया प्रतीज्ञा श्रेष्ठलाई काठमाडौँ मेडिकल कलेज पठाएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । सडकमा अर्को गाडीलाई ठाउँ दिने क्रममा बसले पछाडि हटाउँदा…

हेमजामा आधुनिक सुपरमार्केट

हेमजा, ३ साउन। पोखरा २५, हेमजाको नहरचोकमा आधुनिक सुपरमार्केट सञ्चालनमा ल्याइएको छ। हेमजा आधुनिक सुपरमार्केट नाम दिइएको उक्त मार्केट स्थानीय कृष्णबहादुर थापाले स्थापना गरेका हुन्। उनले करिब ६ रोपनी आफ्नै जग्गामा २ करोड ३० लाख रुपैयाँ लगानी गरी सो मार्केट स्थापना गरेका हुन्। जसमा ५८ सटर, एक क्यान्टिन, पार्किङस्थल, लक्ष्मीनारायणको मन्दिर, कार्यक्रमका लागि स्टेज, खेलकुदका लागि खेल मैदानको व्यवस्था पनि मिलाइएको छ। भित्री सटरहरुमा पनि यातायात सहजै पुग्न सक्ने व्यवस्था छ । थापाले उक्त सुपरमार्केटमा चौवीसै घण्टा चौकीदारको व्यवस्था गर्ने, विभिन्न…