सृजना माविमा अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७५
Srijana

पोखरा, ३ साउन । सृजना आवासीय माविमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा युनिभर्सिटीका पूर्व भाइस चान्सलर प्राडा विष्णुराज तिवारीले कार्यक्रम उद्घाटन गर्दै विद्यार्थीलाई पढ्नुपर्छ भन्ने धारणा जगाउने, शिक्षा लिइसकेपछि त्यसलाई व्यवहारमा समेत उतानुपर्ने, पुरानो पढाउने तरिकालाई परिर्वतन गरी प्रयोगात्मक विधिबाट पठनपाठन गराउनुपर्ने कुरामा जोड दिए ।

नवआगन्तुक विद्यार्थीको तर्फबाट सुस्मिता रामदाम र कक्षा १२ का विद्यार्थीको तर्फबाट प्रकाश शर्मा, जानकी थापाले मन्तव्य दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य अधिवक्ता गिरधारी सुवेदी, १० जोड २ का कार्यक्रम संयोजक हेमराज तिवारी विद्यालयका फिजिक्स शिक्षक जीवन रेग्मी अभिभावकतर्फबाट धु्रव सुवेदी लगायतले आफ्नो मन्तव्य राखेको प्लस टुका सह-संयोजक सन्तोष पौडेलले बताए ।

विद्यालय संस्थापक एवं प्राचार्य डोलराज पाण्डेले विद्यालयले अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै इन्टरनेशनल अवार्ड समेत प्रदान गरेको कुरा व्यक्त गरे । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम र कविता वाचन गरिएको थियो । कार्यक्रम संचालन कक्षा १२ विज्ञान संकायका सन्देश भण्डारी र अनुपमा बज्राचार्यले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width