Worldlink ads

लमजुङका ६ वन समूह पुरस्कृत

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५
Sammanit Ban

लमजुङ, १ साउन। वन संरक्षण र व्यवस्थापनका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने जिल्लाका ६ वटा वन समूहहरू पुरस्कृत भएका छन्।

उत्कृष्ट हुनेमा सामुदायिक र कवुलयति वनका ३/३ वटा समूह रहेको जिल्ला वन कार्यालयले जनाएको छ।

पुरस्कृत सामुदायिक वनमा सुन्दरबजार नगरपालिका- १ को खरुकेपाखा सामुदायिक वन उपभोक्ता समूह पहिलो, दोर्र्दी गाउँपालिका- १ को जुगेपानी सामुदायिक वन उपभोक्ता समूह दोस्रो र क्ब्होलासोथर गाउँपालिका- ८ को घाम्राङस्थित कोम्रो सामुदायिक वन उपभोक्ता समूह तेस्रो भए ।

जिल्ला वन कार्यालयका वन अधिकृत मोहनराज काफ्लेका अनुसार विजयीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ।

यसैगरी, कवुलयतितर्फ दोर्र्दी गाउँपालिका- १ को थम्कीखर्क कवुलयति वन उपभोक्ता समूह पहिलो, दूधपोखरी गाउँपालिका- ६, चापखुट्टेपाखा कवुलयति वन उपभोक्ता समूह दोस्रो र मस्र्याङदी गाउँपालिका- ८, सिमलचउर कवुलयति वन उपभोक्ता समूह तेस्रो भएको वन अधिकृत काफ्लेले वताए। उनीहरुलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ।

वन तथा वातावरण मन्त्रालय वन विभागको वाषिर्क कार्यक्रम अनुसार जिल्लाका उत्कृष्ट वन समूह छनौट गरी सम्मान गर्दै आएको जिल्ला वन कार्यालयले जनाएको छ।

सामुदायिक तथा कवलुयति वन विकास कार्यक्रमअन्तर्गत वन संरक्षण तथा व्यवस्थापन, वृक्षरोपण, समूहमा सहभागिता, निर्णय प्रक्रिया, कोषको पारदर्शिता, अभिलेख लगायतका सूचकांकको आधारमा उत्कृट वन समूह छनौट गरिएको हो ।

लमजुङमा हाल ३ सय ३५ सामुदायिक र १ सय ६८ कवुलयति वन उपभोक्ता समूह रहेका छन्।

Related News

सम्बन्धित समाचार

    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…
    • जुवाको खालबाट ८ जना पक्राउ

      रासस भाद्र ३०, २०७८
      चितवन । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ…
    • बाघको आक्रमणमा एकको मृत्यु

      रासस भाद्र २९, २०७८
      बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको…
    • मौसम खुले पनि सकिएको छैन मनसुन

      आदर्श समाज सम्वाददाता भाद्र २७, २०७८
      काठमाडौं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी…
    • सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

      रासस भाद्र २७, २०७८
      काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads