माछापुच्छे्र निर्माण समितिद्वारा मजदूरलाई सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५
machha

पोखरा, १ साउन । पोखराको हेमजास्थित माछापुच्छे्र निर्माण समितिले आव २०७४/०७५ को हरहिसाब सार्वजनिक गरेको छ ।

यसैबीच, समितिका सदस्य सपना नेपाली र तीलकुमारी बिक काम गर्नेक्रममा घाइते भएकोमा उनीहरुलाई जनही १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरियो । नेपाली निर्माण व्यवसायी गृगसिंह नेपालीको साइटमा काम गर्नेक्रममा र बिक निर्माण व्यवसायी विष्णु पौडेलको साइटमा काम गर्नेक्रममा घाइते भएका थिए । उनीहरुलाई समिति अध्यक्ष धर्मराज विश्वकर्माले सो रकम हस्तान्तरण गरका हुन् ।

समिति अध्यक्ष धर्मराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रेशम रोक्काले कार्यक्रम संचालन गरेका थिए ।  सहसचिव बुद्ध श्रेष्ठले लेखा प्रतिवेदन तथा मजदूर नियमावली पढेर सुनाएकोमा सो उपर सदस्यबीच छलफल भयो ।

समितिले आगामी २०७६ साल वैशाख १८ सम्मका विभिन्न वाषिर्क कार्यक्रम घोषणा गरिसकेको छ । जसअन्तर्गत असोज १ मा विश्वकर्मा पूजा गर्ने, दीपावली अवसरमा कात्तिक २१ देखि २४ सम्म देउसी भैलो खेल्ने, मंसिरमा वनभोज, चैत ६ मा फागुपूणिर्मा अवसरमा प्रथम वाषिर्कोत्सव मनाउने, वैशाख १८ मा मजदूर दिवस अवसरमा हेमजा रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width