Worldlink ads

वर पीपल जोगाउन रिट दायर

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७५
tree

पोखरा, ३२ असार । पर्यटकीय नगरी पोखराको सुन्दरता अझै सुन्दर राख्ने र वातावरण सन्तुलित कायम गर्न सघाउ पुर्‍याउने सदियौं पुराना वर, पीपल, समी, राजवृक्ष, आपँका रुख धमाधम काटिने क्रम रोकिएको छैन ।

यसको उचित संरक्षण हुनुपर्नेमा सो नभई उल्टै सडक विस्तार तथा विकासको नाउँमा विनास गरिएको पाइएपछि राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालले चिन्ता प्रकट गरेको छ ।

त्यसविरुद्ध समाजका तर्फबाट अध्यक्ष रामबहादुर पौडेलले सोमबार उच्च अदालत पोखरामा निषेधाज्ञा/परमादेश रिट दायर गरेका छन् । जसमा पोखरा लेखनाथ महानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला वन, पोखरा उपत्यका नगर विकास समिति, प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, पोखरा वडा ४, ५, ६, ७, ८, ११, १३, १८ को वडा कार्यालय र सम्बन्धित वडा अध्यक्ष गरी २२ जनालाई विपक्षी बनाइएको छ ।

‘अन्तरिम आदेश सहितको निषेधाज्ञा, परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ’ भनी दायर रिटको मंगलबार बहस, सुनुवाइ र अन्तरिम आदेश हुनेछ ।

नागरिक समाज पोखराका निवर्तमान संयोजक समेत रहेका पोखरा उपत्यका बृहत् सरसफाइ अभियानका अभियन्ता समेत रहेका पौडेल ऐतिहासिक तथा प्राकृतिक सम्पदा विकासका नाउँमा धमाधम सखाप पार्ने षड्यन्त्र भएको भन्दै आमपोखरेलीको चिन्ताको विषयलाई मध्यनजर गर्दै रिट दायर गरिएको बताउँछन् ।

रिटमा वर, पीपल, समी र आँपका पुराना वृक्षहरु ऐतिहासिक एवं सांस्कृतिक महत्वका निधि हुन् भन्दै यसको संरक्षण गर्ने कार्य निष्ठा र प्रतिबद्धताका साथ गर्नू गराउनू भनी विपक्षका नाउँमा परमादेशको आदेश समेत जारी गर्न माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads