Worldlink ads

सप्ताहव्यापी रुपमा इञ्जिनियर्स दिवस

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७५

पोखरा, ३२ असार । ५६ और्ं इञ्जिनीयर्स दिवसको अवसरमा नेपाल इञ्जीनियर्स एशोसिएसन, क्षेत्रीय केन्द्र पोखराले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत  पोखरामा प्रथम इञ्जीनियर्स रनिङ शिल्ड फुटशल प्रतियोगिता गरेको छ । १६ टिम सहभगी प्रतियोगिताको फाइनलमा रोशन एण्ड ब्रदर्शले टिन आर्टेकलाई ३-२ गोलले पराजित गर्दै प्रथम स्थान हासिल गर्‍यो ।

आपसी सद्भाव र भाइचारा सम्बन्ध विकासको उद्देश्यसहित आयोजित प्रतियोगिताको विजेताले बोका, रनिङ शिल्ड, मेडल तथा उपविजेताले मेडलसहित भाले पुरस्कार प्राप्त गर्‍यो । विजेता टिमलाई केन्द्रका अध्यक्ष इ.ब्रिजेन्द्र केसीले एक समारोहबीच पुरस्कार वितरण गरे। कार्यक्रम अन्तर्गत सोमबार तालबाहारी मन्दिर परिसरमा सरसफाई, मंगलबार पश्चिमाञ्चल इञ्जिनीयरिङ कलेजमा रक्तदान, सोही दिन महिला इञ्जीनियरहरुबीच व्याडमिन्टन प्रतियोगिता, बुधबार एशियन पेन्ट्सको सहयोगमा सरस्वती आधारभुत विद्यालय, सार्दिखोलालाई रंगरोगन सामग्री हस्तान्तरण तथा विहिबार कार्यशाला तथा पुरस्कार वितरणसहित कार्यक्रमको समापन गरिने समितिका सदस्य इ.किरण केसीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग