पोखरा, ३२ असार। नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रीय समिति, पोखराले आयोजना गरेको रक्तदानमा १ सय ६० युनिट रगत संकलन भएको छ।
क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा समितिद्वारा पोखरा रंगशालामा आयोजित रक्तदान कार्यक्रममा एशोसिएसनमा आवद्ध सदस्य तालिम केन्द्रमा प्रशिक्षणरत प्रशिक्षार्थीहरुले रक्तदान गरेका थिए।
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाले पहिलो रक्तदाता राजु थापालाई ब्लडब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा १ सय ६० युनिट रगत संकलन भएको हो।
डा थापाले खेर जाने रगत दान गरी अर्काको जीवन जोगाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। रक्तदानमा युवाको उल्लेख्य सहभागिताले अन्य युवालाई पनि रक्तदान प्रति अभिप्रेत गराउने भएकाले एशोसियसनले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
भारतीय भूपू गोर्खा ब्रिगेट नेपालको अध्यक्ष कर्णेल कमानसिंह गुरुङले नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनले रक्तदानजस्तो काममा एशोसिएसनमा आवद्धरत युवालाई समाहित गराएर सामाजिक काममा अग्रसरता देखाएकोमा खुशी व्यक्त गरे। एशोसिएसन नेपालका प्रमुख संरक्षक क्या रामप्रसाद गुरुङले एशोसिएसनले ३ वर्षदेखि एशोसिएसनले रक्तदान जस्तो सामाजिक काम गर्दै अगाडि बढिरहँदा आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। एशोसिएसन क्षेत्रीय समिति पोखराका अध्यक्ष गजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सु केहरसिंह गुरुङले स्वागत र सचिव सु जितबहादुर गुरुङले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९